नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार भेटका क्रममा परराष्ट्र सचिव राईले राजदूत दलेलालाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएकोमा बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटवार्तामा दुवै पक्षले नेपाल र भारतबीचको सम्बन्धक...
परराष्ट्र सचिव राईसँग भारतीय राजदूत दलेलाको भेट, द्विपक्षीय सहकार्य विस्तारबारे छलफल

Read Complete Original Article
Published originally on फरकधार





