Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

न्यून आय भएका परिवारका लागि डाटा सीमा हटाउन टी–मोबाइललाई बाध्य पार्दै न्यूयोर्क

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यून आय भएका परिवारका लागि डाटा सीमा हटाउन टी–मोबाइललाई बाध्य पार्दै न्यूयोर्क
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकाको न्यूयोर्कका महान्यायाधिवक्ताले राज्यको सस्तो ब्रोडब्यान्ड ऐन पालना नगरेको भन्दै टी–मोबाइललाई कम आय भएका परिवारका लागि उपलब्ध गराइने होम इन्टरनेट योजनामा डाटा सीमा हटाउन निर्देशन दिएका छन्। राज्यको सस्तो ब्रोडब्यान्ड ऐन (एबीए) ले कम आय भएका बासिन्दालाई इन्टरनेट सेवा उपलब्ध गराउन निश्चित मापदण्ड तोकेको छ। यस ऐनअनुसार योग्य परिवारले अतिरिक्त कर वा उपकरण शुल्कबिना मासिक १५ डलरमा कम्तीमा २५ एमबीपीएस वा २० डलरमा २०० एमबीपीएस गतिको ब्रोडब्यान्ड सेवा लिन पाउनुपर्छ। सेवा प्रदायकले यी सस्तो योजनाबारे जानकारी दिन ‘उचित प्रयास’ गर्नुपर्ने व्यवस्था पनि छ। महान्यायाधिवक्ताको कार्यालयले गरेको अनुसन्धानमा टी–मोबाइलले एबीएअन्तर्गतका योजनामा मासिक डाटा सीमा तोकेको पाइएको थियो। प्रेस विज्ञप्तिअनुसार ग्राहकले ५० जीबी डेटा प्रयोग गरेपछि कम्पनीले इन्टरनेटको गति घटाएर ६५० किलोबिट प्रतिसेकेन्डसम्म पुर्‍याउने गरेको थियो। सामान्य रूपमा इन्टरनेट प्रयोग गर्दा करिब चार दिनमै ५० जीबी डाटा सकिन सक्थ्यो। इन्ग्याजेटका अनुसार कम्पनीले आफ्नो फाइभजी वायरलेस सेवा उपलब्ध भएका क्षेत्रमा मात्र एबीए योजना सञ्चालन गरेको र आफ्नो वेबसाइटमा राखिएको उक्त योजनासम्बन्धी जानकारी सर्च इन्जिनले फेला पार्न नसक्ने व्यवस्था गरेको पनि अनुसन्धानमा पाइएको थियो। अनुसन्धानपछि टी–मोबाइलले ती योजनाबाट डाटा सीमा हटाउने, राज्यभित्र होम इन्टरनेट सेवा उपलब्ध गराएका सबै क्षेत्रमा एबीए योजना विस्तार गर्ने र सर्च इन्जिनले योजनासम्बन्धी विवरण पहुँच गर्न सक्ने व्यवस्था गर्ने भएको छ। “विश्वसनीय र सस्तो इन्टरनेट सेवा सबै न्यूयोर्कवासीका लागि आधारभूत आवश्यकता हो। तर टी–मोबाइलले कमजोर आर्थिक अवस्था भएका न्यूयोर्कवासीलाई यस्तो सेवा उपलब्ध गराउन बनाइएको कानुनको उल्लङ्घन गरेको छ,” महान्यायाधिवक्ता लेटिसिया जेम्सले भनिन्। “आवश्यकतामा रहेका न्यूयोर्कवासीलाई सस्तो होम इन्टरनेट सेवाबाट वञ्चित हुन नदिन सस्तो ब्रोडब्यान्ड ऐनको उद्देश्य पूरा गराउन मेरो कार्यालय प्रतिबद्ध छ। म योग्य सबै न्यूयोर्कवासीलाई यस ऐनअन्तर्गत उपलब्ध कम मूल्यको होम इन्टरनेट योजनामा आबद्ध हुन आग्रह गर्छु।” टी–मोबाइलले विज्ञप्तिमा भनेको छ, “न्यूयोर्कका ग्राहकलाई कम मूल्यको ब्रोडब्यान्डमार्फत जोडिराख्न सहयोग गरेको हाम्रो लामो इतिहास छ। राज्यको आवश्यकताअनुसार योजना परिमार्जन गर्दा पनि मूल्य भने उही राख्नेछौँ। हामीले न्यूयोर्कका महान्यायाधिवक्तासँग सम्झौता गरेका छौँ। यसले हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाउनुका साथै योजनाबारे स्पष्ट जानकारी उपलब्ध गराउने र योग्य ग्राहकको ठूलो समूहसम्म सेवा विस्तार गर्नेछ।” The post न्यून आय भएका परिवारका लागि डाटा सीमा हटाउन टी–मोबाइललाई बाध्य पार्दै न्यूयोर्क appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकम (NTC) ३० एमबीपीएस एनटी फाइबर र Mesh AP अफरको म्याद पुस ३० सम्म थप
TechnologyJust now

नेपाल टेलिकम (NTC) ३० एमबीपीएस एनटी फाइबर र Mesh AP अफरको म्याद पुस ३० सम्म थप

२७ कात्तिक, काठमाडौं। नेपाल टेलिकमले रु. ४,९९९ मा ३० एमबीपीएस एनटी फाइबर इन्टरनेट र रु. २,९९९ मा Mesh AP अफरको अवधि २०८३ पुस ३० सम्म थप गरेको छ। नेपाल टेलिकम (Nepal Telecom) ले आफ्ना ग्राहकहरूको अत्यधिक माग र उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै ३० एमबीपीएस क्षमताको एनटी फाइबर (NT Fiber) इन्टरनेट प्याकेज तथा Mesh AP (मेस एपी) […] The post नेपाल टेलिकम ...

आइसिटी फ्रेम
ह्वावेले ल्यायो एआई प्रविधिसहितको आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’
TechnologyJust now

ह्वावेले ल्यायो एआई प्रविधिसहितको आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’

चिनियाँ प्रविधि कम्पनी ह्वावेले सौर्य ऊर्जा, ब्याट्री स्टोरेज र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ऊर्जा व्यवस्थापन प्रणालीलाई एउटै उपकरणमा समेटिएको नयाँ आवासीय ऊर्जा प्रणाली ‘ह्वावे ल्युटेरा एस२’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो प्रणालीमा हाइब्रिड इन्भर्टर, ऊर्जा भण्डारण ब्याट्री र एआईमा आधारित ऊर्जा व्यवस्थापन प्रविधि एकीकृत गरिएको छ। यसको डिजाइन जडान तथा सञ्चालन गर्न सहज हुने गरी तयार पारिएको छ। कम्पनीले ...

टेक्नोलोजी खबर
‘एसासिन्स क्रिड’का दुईओटा अज्ञात गेम्स विकासको क्रममा, ‘हेक्से’ कोडनेम भएको गेम सन् २०२८ सम्मका लागि धकेलियो
TechnologyJust now

‘एसासिन्स क्रिड’का दुईओटा अज्ञात गेम्स विकासको क्रममा, ‘हेक्से’ कोडनेम भएको गेम सन् २०२८ सम्मका लागि धकेलियो

युबिसफ्टमा धेरै एसेसिन्स क्रिड (Assassin’s Creed) गेमहरू विकासमा छन्, जसमा एसेसिन्स क्रिड हेक्सी फ्रान्चाइजीमा अर्को मुख्य प्रविष्टि समावेश छ। कम्पनीले कुनै पनि अन्य एकल-खेलाडी मुख्यलाइन असासिन्स क्रिड परियोजनाहरूको पुष्टि गरेको छैन, तर एक नयाँ रिपोर्टले दुई नयाँ अघोषित असासिन्स क्रिड शीर्षकहरूमा प्रकाश पारेको छ, जसमध्ये एउटा प्राचीन रोममा सेट गरिएको भनिन्छ। प्रख्यात असासिन्स क्रिड लीकर जोनाथन (इनसाइडर गेमिङ मार्फत) का अनुसार, ...

टेक्नोलोजी खबर
मासेराटी चीनमा स्थानीय गाडी उत्पादनका लागि ‘माएक्स्ट्रो’सँग साझेदारी गर्ने
TechnologyJust now

मासेराटी चीनमा स्थानीय गाडी उत्पादनका लागि ‘माएक्स्ट्रो’सँग साझेदारी गर्ने

इटालियन लक्जरी कार निर्माता मासेराटीले ह्वावे र आन्हुई जियाङहुई अटोमोबाइल ग्रुप कर्प (जेएसी) द्वारा संयुक्त रूपमा विकास गरिएको ब्रान्ड माएक्सट्रोसँग साझेदारी गर्ने बताइएको छ, जसले घरेलु र विदेशी बिक्रीको लागि विभिन्न ब्रान्डहरू प्रयोग गरेर चीनमा स्थानीय उत्पादनलाई अगाडि बढाउनेछ। “मासेराटी डिजाइन” भनिने यो परियोजना ह्वावे, जेएसी र मासेराटीको मूल कम्पनी स्टेलान्टिस सम्मिलित ३-तर्फी सहकार्य भएको चिनियाँ मिडिया यिकाईले रिपोर्ट गरेको छ। रिपोर्ट ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play