पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन

चितवनमा शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन जारी गरेको हो। इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार गर्दै प्रचलित कानुनी व्यवस्था र आचारसंहिताको पूर्णपालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न निर्देशन दिएको हो। इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले कानुन तथा नियममा भएका व्यवस्थाबारे स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई सचेत गराइएको बताए। जिल्लाका केही शिक्षक तथा कर्मचारीले पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भनी विभिन्न माध्यमबाट गुनासा प्राप्त भएकाले यस विषयमा सचेत गराइएको उनले बताए। उनले भने, “कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो। यसको पालना गर्न सबैले पर्दछ।” शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा भएका व्यवस्थाको स्मरण गराउँदै इकाईले शिक्षक तथा कर्मचारीलाई कानुनी प्रावधानको पालना गर्न आग्रह गरेको हो। उक्त व्यवस्थाअनुसार नेपाल सरकार र नेपाली जनताको सम्बन्धमा खलल पार्नेगरी बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा निषेधात्मक व्यवस्था रहेको निर्देशनमा उल्लेख छ। शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम शिक्षक तथा कर्मचारीले आचारसंहिताको पालना गरे-नगरेको विषयमा प्रभावकारी नियमन तथा अनुगमन गर्न पनि इकाईले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ।-रासस The post पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेटफ्लिक्स र होइचोईले भारतभर बंगाली सामग्रीहरू हिन्दी, तमिल र तेलुगु भाषामा स्ट्रिम गर्ने
बंगाली भाषाको स्ट्रिमिङ प्लेटफर्म तथा कन्टेन्ट स्टुडियो ‘होइचोई’ र नेटफ्लिक्सले भारतभर होइचोईका सामग्रीहरूको वितरण विस्तार गर्न सहमति जनाएका छन्। सम्झौताका सर्तहरू अनुसार, आगामी दुई वर्षभित्र सार्वजनिक हुने होइचोईका सबै शृङ्खलाहरू होइचोईमा बंगाली भाषामा उपलब्ध हुनुका साथै, नेटफ्लिक्समा हिन्दी, तमिल र तेलुगु भाषामा विशेष रूपमा उपलब्ध हुनेछन्। अक्टोबर २२, २०२६ मा घोषणा गरिएको, आफ्नै किसिमको यो पहिलो बहु-वर्षीय सहकार्यको उद्देश्य लोकप्रिय बंगाली कथाहरूलाई ...

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्याएका छन्। रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ। आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन्। अवरोधका कारण ...

ह्वावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक
ह्वावेले नेपालमा आफ्नो नयाँ ह्वावे वाच जीटी ७ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, अत्याधुनिक स्वास्थ्य निगरानी सुविधा तथा आउटडोर खेलकुद ट्र्याकिङ क्षमतासहितको यस सिरिजले नेपाली उपभोक्तालाई उत्कृष्ट स्मार्टवाच अनुभव प्रदान गर्नेछ। यस सिरिजअन्तर्गत ४४,९९० मूल्यको ह्वावे वाच जीटी ७र ६४,९९० मूल्यको ह्वावे वाच जीटी ७ प्रो उपलब्ध छन्। आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका यी स्मार्टवाचमा आकर्षक डिजाइनसँगै ...

नयाँ सीईओ जोन टर्नसको नेतृत्वमा एप्पलले ४०० भन्दा बढी मानिसहरूलाई निकाल्यो
एप्पल इंकले नयाँ सीईओ जोन टर्नसको नेतृत्वमा आफ्नो कर्मचारी संख्या घटाइरहेको मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन्। हालसम्म यस कटौतीको प्रभाव कम्पनीको एआई र मिश्रित वास्तविकता (mixed-reality) टोलीहरूका साथै हार्डवेयर व्यवस्थापकहरूको एउटा तहमा परेको छ। अगस्ट महिनामा २०० भन्दा बढी व्यक्तिहरू प्रभावित भएका थिए, जसमा ‘भिजन ग्रुप’ का कम्तीमा ६० जना कर्मचारीहरू समावेश छन्। त्यसयता, इन्जिनियरिङ कार्यक्रम व्यवस्थापकहरूमध्ये पनि “दर्जनौं” कर्मचारीहरूलाई हटाइएको छ। यो ...


