ह्वावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक

ह्वावेले नेपालमा आफ्नो नयाँ ह्वावे वाच जीटी ७ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, अत्याधुनिक स्वास्थ्य निगरानी सुविधा तथा आउटडोर खेलकुद ट्र्याकिङ क्षमतासहितको यस सिरिजले नेपाली उपभोक्तालाई उत्कृष्ट स्मार्टवाच अनुभव प्रदान गर्नेछ। यस सिरिजअन्तर्गत ४४,९९० मूल्यको ह्वावे वाच जीटी ७र ६४,९९० मूल्यको ह्वावे वाच जीटी ७ प्रो उपलब्ध छन्। आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका यी स्मार्टवाचमा आकर्षक डिजाइनसँगै स्मार्ट फिटनेस तथा स्वास्थ्यसम्बन्धी सुविधाहरू समावेश गरिएका छन्। नेपालको साहसिक यात्राका लागि उपयुक्त ह्वावे वाच जीटी ७ प्रो मा एयरोस्पेस-ग्रेड टाइटेनियम एलोय केस, नानो-टेक्नोलोजी सिरेमिक बेजेल र नीलमणि (सफायर) ग्लासको सुरक्षा प्रदान गरिएको छ। यसमा रहेको १.४७ इन्चको एमोलेड डिस्प्लेले अधिकतम ३,००० निट्ससम्मको ब्राइटनेस प्रदान गर्ने भएकाले बाहिरी वातावरणमा पनि स्क्रिन स्पष्ट देख्न सकिन्छ। ह्वावेको सनफ्लावर पोजिसनिङ सिस्टम र डुअल-ब्यान्ड जीपीएस प्रविधिसहितको यस स्मार्टवाचले यात्राको मार्गलाई सटीक रूपमा ट्र्याक गर्न सहयोग गर्छ। यसको ट्रेल रनिङ मोडले उचाइ, गति, उकालो–ओरालोको ढलान, दूरी तथा मुटुको धड्कनसम्बन्धी जानकारी प्रदान गर्छ। यी सुविधाले यसलाई हाइकिङ, ट्रेकिङ तथा अन्य आउटडोर गतिविधिका लागि उपयुक्त बनाउँछन्। यसका अतिरिक्त, साइकलिङ र गल्फका लागि विशेष सुविधाहरू तथा ४० मिटरसम्मको गहिराइमा फ्रिडाइभिङ गर्न सहयोग गर्ने सुविधाले यस स्मार्टवाचको खेलकुदसम्बन्धी क्षमतालाई थप विस्तार गरेको छ। उन्नत स्वास्थ्य निगरानी र लामो ब्याट्री लाइफ ह्वावे वाच जीटी ७ प्रो मा ईसीजी विश्लेषण, मुटुको धड्कन तथा रगतमा अक्सिजनको मात्रा निगरानी, निद्रा विश्लेषण, एचआरभी (हार्ट रेट भेराएबिलिटी) ट्र्याकिङ र तनाव निगरानीजस्ता सुविधाहरू उपलब्ध छन्। यसमा रहेको फिजिकल रेडिनेस स्कोरले प्रयोगकर्तालाई शरीरको रिकभरी अवस्था र दैनिक गतिविधिका लागि आफ्नो तयारी बुझ्न सहयोग गर्छ। साथै, ११० भन्दा बढी वर्कआउट मोडहरूले विभिन्न फिटनेस लक्ष्य हासिल गर्न सहयोग पुर्याउँछन्। कम्पनीले दावी गरे अनुसार यस स्मार्टवाचको अर्को विशेषता यसको लामो ब्याट्री लाइफ हो। प्रयोगको अवस्थाअनुसार हल्का प्रयोगमा २१ दिनसम्म, सामान्य प्रयोगमा १२ दिनसम्म र ट्रेल रनिङ मोडमा ५१ घण्टासम्म ब्याट्री टिक्न सक्छ। यो स्मार्टवाच एण्ड्रोइड र आईओएस दुवै डिभाइससँग प्रयोग गर्न सकिन्छ। मूल्य, उपलब्धता र सीमित अवधिको विशेष अफर ह्वावे वाच जीटी ७को ४६ एमएम भेरियन्ट कालो र पहेँलो रङमा तथा ४१ एमएम भेरियन्ट गुलाबी रङमा उपलब्ध छ। यसको मूल्य ४४,९९० तोकिएको छ। त्यस्तै, ह्वावे वाच जीटी ७ प्रो को ४६ एमएम भेरियन्ट कालो, हरियो र पहेँलो रङमा उपलब्ध छ। यसको मूल्य ६४,९९० रहेको छ। सीमित अवधिका लागि ह्वावे वाच जीटी ७ प्रो खरिद गर्ने ग्राहकले NPR ५,४९० मूल्य पर्ने ह्वावे फ्रीबड्स एसई २ निःशुल्क प्राप्त गर्नेछन्। यस विशेष अफरले ग्राहकलाई प्रिमियम स्मार्टवाचको अनुभवसँगै थप मूल्यवान उपहार प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। The post ह्वावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्याएका छन्। रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ। आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन्। अवरोधका कारण ...

नयाँ सीईओ जोन टर्नसको नेतृत्वमा एप्पलले ४०० भन्दा बढी मानिसहरूलाई निकाल्यो
एप्पल इंकले नयाँ सीईओ जोन टर्नसको नेतृत्वमा आफ्नो कर्मचारी संख्या घटाइरहेको मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन्। हालसम्म यस कटौतीको प्रभाव कम्पनीको एआई र मिश्रित वास्तविकता (mixed-reality) टोलीहरूका साथै हार्डवेयर व्यवस्थापकहरूको एउटा तहमा परेको छ। अगस्ट महिनामा २०० भन्दा बढी व्यक्तिहरू प्रभावित भएका थिए, जसमा ‘भिजन ग्रुप’ का कम्तीमा ६० जना कर्मचारीहरू समावेश छन्। त्यसयता, इन्जिनियरिङ कार्यक्रम व्यवस्थापकहरूमध्ये पनि “दर्जनौं” कर्मचारीहरूलाई हटाइएको छ। यो ...

सरकारी निकायलाई ‘Node2Shell’ जोखिमबारे सतर्क गराउन साइबर सुरक्षा केन्द्रले जारी गर्यो विशेष एडभाइजरी
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले Node.js Runtime मा गम्भीर सुरक्षा कमजोरी पहिचान भएपछि सरकारी निकाय तथा प्रणाली सञ्चालकलाई सुरक्षा अद्यावधिक गर्न आग्रह गरेको छ। केन्द्रले २०८३ आज कात्तिक ११ गते एक साइबर सुरक्षा एडभाइजरी जारी गर्दै (NCSC-1146-115-05) मा Node2Shell (CVE-2026-111497) लगायतका सुरक्षा कमजोरीको दुरुपयोग भएमा सम्बन्धित प्रणालीमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने र प्रणालीमा चलिरहेका कार्यमाथि अनधिकृत नियन्त्रण कायम हुन ...


