Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना

पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना

काठमाडौं। नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भर्त्सना गरेको छ। युनियनले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरेको छ। युनियनका महासचिव दिलीप पौडेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोभराज बराल र डिएनए खबरका धिरज बस्नेतलगायत पत्रकार पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनाली तथा दियोपोस्टका सुदीप विश्वकर्मा र मदन ढुंगानालाई पक्राउ गर्ने उद्देश्यले सादा पोशाकका प्रहरी सञ्चारगृह पुगेको घटनाप्रति पनि युनियनले आपत्ति जनाएको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्ने कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको युनियनको ठहर छ। कुनै समाचारप्रति असहमति वा गुनासो भए कानुनी विधि र प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा प्रहरी परिचालन गरी धरपकड गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ। यस्ता गतिविधिले पत्रकारिता क्षेत्रलाई भयभीत बनाउनुका साथै नागरिकको सूचनाको हकसमेत कुण्ठित गर्ने भन्दै युनियनले प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र नागरिकको सूचनाको हकको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने जनाएको छ। युनियनले आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि नदोहोर्‍याउन सरकारलाई चेतावनीसमेत दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण
ताजा खबरJust now

वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण

सुदूरपश्चिम । सुदूरपश्चिममा कार्यरत विभिन्न वन उपभोक्ता समूहले वन क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । ती समूहको सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री... ...

रातोपाटी
खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक
ताजा खबरJust now

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अवस्थाको विश्लेषण गरी तयार पारेको सूचकाङ्क सहितको तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले... ...

रातोपाटी
१२ बजे १२ समाचार : प्रहरी विज्ञप्तिको भोलिपल्टै पत्रकारमाथि धावा, सीमा नाका खुलाउन चीनको आनाकानी
ताजा खबरJust now

१२ बजे १२ समाचार : प्रहरी विज्ञप्तिको भोलिपल्टै पत्रकारमाथि धावा, सीमा नाका खुलाउन चीनको आनाकानी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सुनकोशी–मरिनका आयोजना प्रमुख र महानिर्देशक सुरक्षा नियन्त्रणमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा... ...

रातोपाटी
शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन
ताजा खबरJust now

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play