पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको सचिवालय बैठकले पत्रकारमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै घटनाको छानबिनमा ढिलासुस्ती नगर्न र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलले बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी नेतृत्वको सरकारले विधि, न्याय, मानव अधिकार र सामाजिक लोकतन्त्रको सम्मान गर्नुपर्ने बताए। उनले आगामी दिनमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, पत्रकारलाई धरपकड गर्ने वा समाचार लेखेकै आधारमा कसैलाई पक्राउ गर्ने कार्य नगर्न पनि सरकारलाई निर्देशन दिइएको बताए। त्यस्तै, बैठकले न्यायालयसँग सम्बन्धित विषयमा छलफल गर्दै न्यायपालिकाको पुनःसंरचना र न्याय निरूपणका विषयमा संसद्बाटै निकास खोज्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया संसद्मार्फत अघि बढाउन संसदीय दललाई निर्देशन दिइएको प्रवक्ता खरेलले जानकारी दिए । उहाँका अनुसार शक्ति पृथकीकरणको सिद्धान्तअनुसार न्यायपालिकाको पुनःसंरचना र न्याय निरूपणका विषयमा संवैधानिक बाटोबाटै समाधान खोज्नुपर्ने भएकाले संसद्मार्फत विषय अघि बढाइनेछ । विवादमा मुछिएका न्यायाधीशमाथि महाभियोग लगाउने तयारीबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता खरेलले उक्त विषय संसदीय दलमार्फत संसद्मा प्रवेश गरेपछि मात्रै टुंगो लाग्ने जवाफ दिए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...


