पत्रकार धरपकडको अपजस पुलिसको थाप्लाेमा, रास्वपाका सचेतक परियारले भने : पुलिस स्टेट बन्द गर

काठमाडौं, कात्तिक १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकार विश्वमणि सुवेदी पक्राउ प्रकरण तथा नयाँ पत्रिकाको कार्यालयमा प्रहरी टोली पुगेको घटनाप्रति गम्भीर आपत्ति जनाउनुभएको छ। समाचारको विषयलाई लिएर समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने तथा नियन्त्रणमा लिने प्रयास गरिएको भन्दै उहाँले उक्त घटनाको घोर भर्त्सना गर्नुभएको छ। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्नु राज्यको दायित्व भए पनि प्रहरीको पछिल्लो शैली ‘पुलिस स्टेट’ अर्थात् ‘प्रहरी राज’ उन्मुख देखिएको उहाँको टिप्पणी छ। ‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ,धरपकड र नियन्त्रणको दुष्प्रयासप्रति घोर भर्त्सना गर्दछु, संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखियो’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । पत्रकार विश्वमणि सुवेदीको पक्राउ प्रकरण र नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी टोली पुगेर देखाएको शैली लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुन नसक्ने परियारले उल्लेख गर्नुभएको छ। बिदाको मुखैमा भएको प्रहरी गतिविधि छानबिनयोग्य रहेको भन्दै उहाँले सरकारसँग ‘मिडिया धरपकड प्रकरण’ को निष्पक्ष छानबिन गर्न विशेष माग गर्नुभएको छ। “पत्रकार विश्वमणि सुवेदी पक्राउ प्रकरण र नयाँ पत्रिकाको कार्यालयमा पुगेका सादा पोसाकका प्रहरी जत्थाको “जङ्गे शैली” लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुँदै होइन, बिदाको मुखैमा गरिएको प्रहरीको यो हर्कत छानबिनयोग्य छ, म सरकारसँग यो ‘मिडिया धरपकड प्रकरण’ को छानबिनका लागि विशेष माग गर्दछु”, परियारले लेख्नु भएको छ । त्यसैगरी, पत्रकार तथा सञ्चारमाध्यमसँग सम्बन्धित विषय र विवादको निरूपण प्रेस काउन्सिल नेपालबाटै गर्ने अभ्यासलाई प्राथमिकता दिन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रेस स्वतन्त्रताको संरक्षण र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्न राज्य जिम्मेवार हुनुपर्ने परियारको जोड छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

सरकारले प्रश्न गर्नेहरूको मुख थुन्न सञ्चारकर्मीमाथि प्रहार गर्न थालेको कांग्रेस सहमहामन्त्री शिवाकोटीको आरोप
कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले जवाफविहीन सरकारले प्रश्न गर्नेहरूको मुख थुन्न सञ्चारकर्मीमाथि प्रहार गर्न थालेको आरोप लगाएका छन् । ...

प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि धरपकड, हस्तक्षेप तथा दमन गर्नु... ...

पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडको विरोधमा झरीमै माइतीघरमा प्रदर्शन
पत्रकार र संचारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार विहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गर्नुका साथै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा सहभागी ...

अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने
अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ...


