Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पत्रकार किशोर श्रेष्ठ र हिमेश पन्तलाई सँगै राखेर छलफल गराउँदै साइबर ब्युरो

पत्रकार किशोर श्रेष्ठ र हिमेश पन्तलाई सँगै राखेर छलफल गराउँदै साइबर ब्युरो

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार किशोर श्रेष्ठ र हिमेश पन्तलाई सँगै राखेर छलफल गराउँदै साइबर ब्युरो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कलाकार हिमेश पन्तलाई बोलाएको छ। जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी दिएपछि पन्तलाई पनि बोलाइएको हो। प्रहरीको टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित निवासबाट नियन्त्रणमा लिएर साइबर ब्युरो पुर्‍याएको छ। ब्युरो स्रोतका अनुसार पन्त पनि छलफलका लागि साइबर ब्युरेतर्फ प्रस्थान गरिसकेका छन्। समाचारको विषयलाई लिएर पन्तले हिजो श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएको जनाइएको छ। दुवै पक्षबाट निवेदन परेपछि उनीहरूलाई सँगै राखेर छलफल गराउन लागिएको ब्युरो स्रोतले जनाएको छ। पत्रकार श्रेष्ठ यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरबाट पक्राउ परेका थिए। त्यसबेला प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो। तर, बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो। त्यसपछि उनी भदौ १ गते हिरासतबाट मुक्त भएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना
ताजा खबरJust now

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर... ...

रातोपाटी
राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास
ताजा खबरJust now

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास

राष्ट्रिय टोलीबाट ४४ क्याप जित्दै ९ गोल गरेका विमलले चोट र नियमित प्रतियोगिता नहुँदा २९ वर्षकै उमेरमा बुट थन्क्याउने निर्णय लिएका हुन् । ...

कान्तिपुर
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
ताजा खबरJust now

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई... ...

रातोपाटी
कांग्रेस सभापतिमा निर्वाचित थापाले लिए शपथ
ताजा खबरJust now

कांग्रेस सभापतिमा निर्वाचित थापाले लिए शपथ

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले शपथ ग्रहण गरेका छन्। असोज ३१ गते सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणसँगै थापाले आजै पदबहाली पनि गरेका छन्। बडादसैँको फूलपातीको अवसर पारेर उनले आफ्नो कार्यभार सम्हालेका हुन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै मत गणना भई अन्तिम परिणाम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play