पतिकै अगाडि देवरसँग विवाह गर्न खोजेपछि…

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित बागपतमा सम्बन्धलाई लिएर अनौठो घटना सार्वजनिक भएको छ। एक महिला काखमा बच्चा र साथमा पतिलाई लिएर मुख्यमन्त्री सामूहिक विवाह योजनाअन्तर्गत आफ्नै देवरसँग विवाह गर्न पुगेकी छन्। सामूहिक विवाह योजनाका लागि आएका आवेदनको जाँच गर्ने क्रममा यो घटना बाहिरिएको हो। अधिकारीहरूले कानुनी रूपमा सम्बन्धविच्छेद भएको प्रमाण मागेपछि महिलाले सादा कागजमा लेखिएको पञ्चायतको निर्णय देखाएकी थिइन्। उनले आफूलाई पति मन नपरेको भन्दै देवरसँगै विवाह गर्ने अडान लिएकी थिइन्। महिलासँगै आएका पतिले पनि उनको भनाइ सही भएको बताएका थिए। आफूलाई नभई आफ्नो भाइलाई मन पराएकाले केही दिनअघि पञ्चहरूले बसेर सम्बन्धविच्छेद गराएको उनको दाबी थियो। दुवैले सादा कागजमा लेखिएको सम्बन्धविच्छेदको कागज पेस गरे पनि अधिकारीहरूले त्यसलाई कानुनी मान्यता दिन अस्वीकार गरेका थिए। अधिकारीहरूका अनुसार सामूहिक विवाह योजनाका लागि २२० वटा अनलाइन आवेदन प्राप्त भएका थिए। तीमध्ये योग्य ठहरिएका १४९ जोडीको अक्टोबर २५ मा विवाह गराइएको थियो। आवेदन जाँचका क्रममा कानुनी सम्बन्धविच्छेदको प्रमाणपत्र पेस गर्न नसकेका चार–पाँच वटा आवेदन रद्द भएका थिए। जिल्ला समाज कल्याण अधिकारी नीलम सिंह चौहानका अनुसार रद्द भएका आवेदनमध्ये एक महिलाले पतिसँग कानुनी रूपमा सम्बन्धविच्छेद नगरी देवरसँग विवाह गर्न चाहेकी थिइन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कहाँ छन् प्रहरीले नियन्त्रणमा लिएका सिंचाई विभागका महानिर्देशक ?
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले बिहीबार बेलुका नियन्त्रणमा लिएको हो । ...

एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत रु. २,००० र प्रत्येक चौकाबापत रु. १,००० रकम (करसहित अधिकतम सीमा रु. १० लाखसम्म) योगदान गर्नेछ । एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत ...

घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । ...

हलमा लागेको डेढमहिनामै ओटीटीमा आयो ‘मिर्जापुर: द मुभी’
पंकज त्रिपाठी र दिव्येन्दु शर्मा अभिनित क्राइम थ्रिलर फिल्म ‘मिर्जापुर: द मुभी’ ओटीटी प्लेटफर्ममा आएको छ। सेप्टेम्बर ४ मा सिनेमाघरहरूमा रिलिज भएको यो फिल्म डेढ महिनापछि ओटीटी प्लेटफर्म अमेजन प्राइममा स्ट्रिमिङ भएको हो। ‘मिर्जापुर’ वेब सिरिजका सबै सिजनहरू ओटीटी प्लेटफर्ममा रिलिज भएका थिए। अब गुरमीत सिंह निर्देशित यो फिल्म पनि सोही प्लेटफ... ...


