Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने व्यक्ति पक्राऊ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने व्यक्ति पक्राऊ
Photo / Coverage: टेक्नोलोजी खबर

अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई आज पक्राउ गरिएको हो। काठमाडौंको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्‍याइदिने भन्दै सामान लिएर फरार हुने गरेको जनगुनासो प्रहरीसमक्ष पुगेको थियो। उक्त गुनासोका आधारमा प्रहरी प्रभाग गोँगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पोखरेललाई फेला पारेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पोखरेललाई बा.६३ प ८३४३ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।–रासस The post पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने व्यक्ति पक्राऊ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने
TechnologyJust now

कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने

काठमाडौं । ब्रदर प्रिन्टर प्रयोगकर्तालाई उपकरणको नियमित मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले शिवराज नगरपालिका ५ चन्द्रौटा, कपिलवस्तुमा दुईदिने नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्स र सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त शिविर २०८३ साल मंसिर १३ र १४ गते आयोजना गरिनेछ ।शिविरमा ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्ताले आफ्ना उपकरणको ...

आइसिटी समाचार
आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन सार्वजनिक, यी हुन् छनौटमा परेका परियोजना
TechnologyJust now

आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन सार्वजनिक, यी हुन् छनौटमा परेका परियोजना

काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १० सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।आफूलाई मन परेको उत्कृष्ट ५ सोसल इन्नोभेसन मध्येबाट एउटालाई डिजिटल ...

आइसिटी समाचार
बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै
TechnologyJust now

बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै

विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी अव्यावहारिक लक्ष्य, यूरोपेली संघ (ईयू) का सम्भावित व्यापारिक अवरोध र उच्च औद्योगिक लागतका कारण बेलायतको अटोमोबाइल क्षेत्रमा लगानी गुम्ने जोखिम बढेको छ। बेलायतको मोटर निर्माता तथा व्यापारीहरूको संस्था (एसएमएमटी) ले बुधबार यस्तो चेतावनी दिएको हो। संस्थाका अनुसार यी तीन चुनौतीले बेलायती अटो उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँदै लगेका छन्। एसएमएमटीका अनुसार विद्युतीय सवारीसाधनको माग बढाउन उत्पादकहरूले सन् ...

टेक्नोलोजी खबर
हङकङमा हुने अन्तर्राष्ट्रिय बाथ रोग सम्मेलनमा डा. प्रवीण खत्रीले नेपालको प्रतिनिधित्व गर्ने
TechnologyJust now

हङकङमा हुने अन्तर्राष्ट्रिय बाथ रोग सम्मेलनमा डा. प्रवीण खत्रीले नेपालको प्रतिनिधित्व गर्ने

११ मंसिर, काठमाडौं। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) का रुमाटोलोजी विभाग प्रमुख तथा वरिष्ठ बाथ रोग विशेषज्ञ डा. प्रवीण खत्रीले हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। आगामी नोभेम्बर २८ र २९, २०२६ (मंसिर १२ र १३ गते) हङकङस्थित कोर्डिस (Cordis) होटलमा आयोजना हुन लागेको ‘इन्टरनेशनल कन्फरेन्स अफ चाइनिज रुमाटोलोजिस्ट (ICCR […] The post हङकङमा हुने अन्तर्राष्ट्रिय ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement