Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै
Photo / Coverage: टेक्नोलोजी खबर

विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी अव्यावहारिक लक्ष्य, यूरोपेली संघ (ईयू) का सम्भावित व्यापारिक अवरोध र उच्च औद्योगिक लागतका कारण बेलायतको अटोमोबाइल क्षेत्रमा लगानी गुम्ने जोखिम बढेको छ। बेलायतको मोटर निर्माता तथा व्यापारीहरूको संस्था (एसएमएमटी) ले बुधबार यस्तो चेतावनी दिएको हो। संस्थाका अनुसार यी तीन चुनौतीले बेलायती अटो उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँदै लगेका छन्। एसएमएमटीका अनुसार विद्युतीय सवारीसाधनको माग बढाउन उत्पादकहरूले सन् २०२४ र २०२५ मा मात्रै १० अर्ब पाउन्डभन्दा बढी छुट दिएका छन्। बेलायतको सरकारी नीतिअनुसार सन् २०३५ सम्ममा बिक्री हुने सबै नयाँ कार तथा भ्यान शून्य उत्सर्जनयुक्त हुनुपर्नेछ। तर उपभोक्ताको मागभन्दा लक्ष्य तीव्र हुँदा उत्पादक र बजारमा दबाब परेको संस्थाको भनाइ छ। त्यस्तै बेलायतको सबैभन्दा ठूलो निर्यात बजार ईयूसँगको व्यापारिक पहुँच सुरक्षित राख्न पनि संस्थाले आग्रह गरेको छ । सम्भावित व्यापारिक अवरोधले दुवै क्षेत्रको आपूर्ति शृङ्खलामा असर पार्न सक्ने बताइएको छ। बेलायतमा औद्योगिक ऊर्जा लागत पनि युरोपकै उच्चमध्ये रहेको छ। यसले उत्पादन लागत बढाएको छ। एसएमएमटीका अनुसार बेलायतको सवारीसाधन उत्पादन सन् १९५२ यताकै न्यून स्तरमा पुगेको छ भने पछिल्लो दशकमा आपूर्तिकर्ता कम्पनी टाट पल्टिने घटना १८० प्रतिशतले बढेको छ। यसले भविष्यमा नयाँ लगानी आकर्षित गर्न चुनौती थपेको छ।-रासस The post बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने
TechnologyJust now

कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने

काठमाडौं । ब्रदर प्रिन्टर प्रयोगकर्तालाई उपकरणको नियमित मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले शिवराज नगरपालिका ५ चन्द्रौटा, कपिलवस्तुमा दुईदिने नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्स र सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त शिविर २०८३ साल मंसिर १३ र १४ गते आयोजना गरिनेछ ।शिविरमा ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्ताले आफ्ना उपकरणको ...

आइसिटी समाचार
आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन सार्वजनिक, यी हुन् छनौटमा परेका परियोजना
TechnologyJust now

आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन सार्वजनिक, यी हुन् छनौटमा परेका परियोजना

काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १० सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।आफूलाई मन परेको उत्कृष्ट ५ सोसल इन्नोभेसन मध्येबाट एउटालाई डिजिटल ...

आइसिटी समाचार
हङकङमा हुने अन्तर्राष्ट्रिय बाथ रोग सम्मेलनमा डा. प्रवीण खत्रीले नेपालको प्रतिनिधित्व गर्ने
TechnologyJust now

हङकङमा हुने अन्तर्राष्ट्रिय बाथ रोग सम्मेलनमा डा. प्रवीण खत्रीले नेपालको प्रतिनिधित्व गर्ने

११ मंसिर, काठमाडौं। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) का रुमाटोलोजी विभाग प्रमुख तथा वरिष्ठ बाथ रोग विशेषज्ञ डा. प्रवीण खत्रीले हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। आगामी नोभेम्बर २८ र २९, २०२६ (मंसिर १२ र १३ गते) हङकङस्थित कोर्डिस (Cordis) होटलमा आयोजना हुन लागेको ‘इन्टरनेशनल कन्फरेन्स अफ चाइनिज रुमाटोलोजिस्ट (ICCR […] The post हङकङमा हुने अन्तर्राष्ट्रिय ...

आइसिटी फ्रेम
एनभिडियाले दक्षिणपूर्वी एसियाका चार देशमा एआई चिपयुक्त सर्भर पठाउन रोक्यो
TechnologyJust now

एनभिडियाले दक्षिणपूर्वी एसियाका चार देशमा एआई चिपयुक्त सर्भर पठाउन रोक्यो

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले दक्षिणपूर्वी एसियाका चार देशमा आफ्ना एआई चिप जडित कम्प्युटर सर्भरको आपूर्ति रोक्न उत्पादन साझेदारहरूलाई निर्देशन दिएको छ । मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा सर्भर पठाउन रोक लगाएको हो ।अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रणसम्बन्धी नियम थप कडा बनाएपछि एनभिडियाले यस्तो निर्णय लिएको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement