Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

१० लाख च्यानल सदस्य बनाउने विश्वकै पहिलो युट्युबर बने समय रैना

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० लाख च्यानल सदस्य बनाउने विश्वकै पहिलो युट्युबर बने समय रैना
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । भारतीय हास्य कलाकार समय रैना युट्युबमा १० लाख च्यानल सदस्य बनाउने विश्वकै पहिलो युट्युबर बनेका छन् । उनको यो उपलब्धिलाई युट्युबले डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ कीर्तिमानका रूपमा उल्लेख गरेको छ । रैनाको युट्युब च्यानलमा हाल १ करोड २४ लाख सब्सक्राइबर रहेका छन्, जुन नि: शुल्क हुन् । रैनाको च्यानलमा मासिक पैसा तिरेर सदस्य बन्नेको संख्या १० लाख नाघेको हो । उनले आफ्नो च्यानलमा सदस्य बन्न न्युनतम ५९ भारतीय रुपैयाँ प्रति महिना लिने गर्दछन् । गुगल इन्डियाले आफ्नो आधिकारिक ब्लगमार्फत रैनाको उपलब्धिको प्रशंसा गर्दै उनलाई सिर्जनाकर्तामुखी मनोरञ्जन क्षेत्रको महत्वपूर्ण व्यक्तित्वका रूपमा प्रस्तुत गरेको छ । युट्युबका अनुसार रैनाले आफ्नो च्यानललाई लाखौँ दर्शकका लागि मनोरञ्जन र भेटघाटको साझा माध्यम बनाएका छन् । यो उपलब्धि सन् २०२५ फेब्रुअरीमा उनको कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ विवादमा परेपछि त्यसका सबै भाग युट्युबबाट हटाएको करिब एक वर्षपछि आएको हो । कार्यक्रममा युट्युबर रणवीर अलाहबादियाले आपत्तिजनक टिप्पणी गरेपछि व्यापक आलोचना र प्रहरीमा उजुरी परेको थियो। त्यसपछि रणवीरले माफी मागेका थिए भने रैनाले पनि माफी माग्दै कार्यक्रमका सबै भाग हटाएका थिए । गुगल इन्डियाका अनुसार युट्युबमा मनपर्ने सिर्जनाकर्तालाई आर्थिक सहयोग गर्ने दर्शकको संख्या पनि बढिरहेको छ । सन् २०२६ को जुन महिनामा भारतमा १२ लाखभन्दा बढी दर्शकले कम्तीमा एक च्यानल सदस्यता खरिद गरेका थिए । यसले भारतीय सिर्जनाकर्ताको सदस्यताबाट हुने आम्दानी अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढी बढाएको कम्पनीले जनाएको छ । ‘इन्डियाज गट लेटेन्ट’को दोस्रो सिजनको अन्तिम कार्यक्रममा रैनाले विवादपछिको कठिन समयबारे पनि बताएका थिए । क्यानडामा रहँदा आफू निराशामा परेको र कार्यक्रम पुनः सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भनेर पटकपटक कृत्रिम बौद्धिकता प्रविधिसँग प्रश्न गर्ने गरेको उनले खुलासा गरेका थिए । सन् २०२६ मा ‘स्टिल अलाइभ’ नामक हास्य प्रस्तुतिमार्फत रैना पुनः दर्शकमाझ फर्किएका थिए। सोही क्रममा उनले ‘इन्डियाज गट लेटेन्ट’को दोस्रो सिजन फर्काउने घोषणा गरेका थिए । दोस्रो सिजन युट्युब र नेटफ्लिक्समा प्रसारण भएको थियो, जसमा आलिया भट्ट, वरुण धवन, हुमा कुरैशी र करण औजला लगायत सहभागी भएका थिए । कार्यक्रमको दोस्रो सिजन समाप्त भएसँगै युट्युबमा १० लाख च्यानल सदस्य बनाउने उनको नयाँ उपलब्धिले रैनाको डिजिटल यात्रामा अर्को महत्वपूर्ण सफलता थपेको छ । The post १० लाख च्यानल सदस्य बनाउने विश्वकै पहिलो युट्युबर बने समय रैना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एक महिनाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउन मन्त्री रावलको निर्देशन
Latest NewsJust now

एक महिनाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउन मन्त्री रावलको निर्देशन

समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने गरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन्। ...

हाम्राकुरा
नेपथ्यले माग्यो युवालाई रोजगारी
Latest NewsJust now

नेपथ्यले माग्यो युवालाई रोजगारी

काठमाडौँ । दर्शकले भरिभराउ खुलामञ्चमा ‘नैनाताल’ गीत गाएपछि, नेपथ्यका गायक अमृत गुरुङले त्यो गीत सिर्जना गर्ने लाहुरे परम्पराबारे बोले । ‘उहिले हाम्रा काका, मामा र फुपाजुहरूले भर्तीमा गएर लड्दै गर्दा... ...

रातोपाटी
भिसाका दुई विधामा ग्लोबल आइएमई बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
Latest NewsJust now

भिसाका दुई विधामा ग्लोबल आइएमई बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

• ग्लोबल आइएमई बैंक लिमिटेडलाई भिसा इन्टरनेशनलले 'एक्सिलेन्स इन प्रोडक्ट इनोभेशन' र 'एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस' विधामा सम्मानित गरेको छ। • बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नवीन बैंकिङ समाधानको कार्यान्वयन गर्दै ग्राहकलाई सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ। • बैंकले ३४१ शाखा र ३६६ एटीएमसहित ७७ जिल्लामा सेवा विस्तार गरेको छ र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त ...

नेपालबहस
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेका लागि राहत प्याकेज कार्यान्वयन तीव्र [भिडियो]
Latest NewsJust now

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेका लागि राहत प्याकेज कार्यान्वयन तीव्र [भिडियो]

बैठकले कार्यान्वयनमा गएका कार्यक्रमलाई निरन्तरता दिने र बाँकी कार्यक्रम सबै मन्त्रालयको समन्वयमा अघि बढाउने निर्णय गरेको जानकारी दिए। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement