Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा अहिले जिल्ला र प्रदेश अधिवेशनहरू गरिरहेको छ । उक्त पक्षले शुक्रबार विभिन्न पाँच वटा उपसमितिका संयोजकहरू मनोनयन गरेको छ । महाधिवेशन मूल तयारी समितिका संयोजक डा.शशांक कोइरालाले मंसिर ९ गते बसेको तयारी समितिको बैठकको निर्णयअनुसार विभिन्न समितिका संयोजकहरूको जिम्मेवारी तोकेका हुन् । सो पार्टीको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार प्रचार प्रसार समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाश शरण महतलाई मनोनयन गरिएको छ । यसैगरी, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनीत भएका छन् । यस्तै, सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य विद्या तिमिल्सिनालाई दिइएको छ भने स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्की मनोनीत भएको विज्ञप्तिमा उल्लेख छ । मंसिर ११, २०८३ प्रेस विज्ञप्ति नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको मंसिर ९ गते बसेको वैठकको निर्णय अनुसार मूल तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले मंसिर २१, २२ र २३ गते हुने नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनका लागि प्रचार प्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाश शरण महत, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य श्री एन.पी.साउद, प्रशासन समन्वय एवं स्वंय सेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य श्री मोहनबहादुर वस्नेत, साँस्कृति समितिको संयोजकमा केन्द्रीय सदस्य श्री विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्कीलाई मनोनयन गर्नु भएको जानकारी गराईन्छ । धन्यवाद । जय नेपाल ! दीपकप्रसाद कुइकेल संयोजक सचिवालय समन्वय समिति

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लेबनान–इजरायल युद्धविराम : तर रोकिएन युद्ध
OthersJust now

लेबनान–इजरायल युद्धविराम : तर रोकिएन युद्ध

लेबनान–इजरायल युद्धविराम लागू भएको दुई वर्ष बितिसक्दा पनि युद्ध पूर्ण रूपमा रोकिएको छैन । इजरायली हवाई आक्रमण र विस्तार हुँदै गएको ‘येलो लाइन’का कारण दक्षिणी लेबनानका करिब ६५ वटा बस्ती लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् भने स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कनसमेत असमर्थ भएका छन्। सन् २०२४ नोभेम्बर २७ मा युद्धविराम सम्झौता औपचारिक रूपमा लागू भएको थियो। तर, त्यसपछि पनि हिंसात्मक गतिविधि ...

पर्दाफास
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय
OthersJust now

भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायहरूसँग समन्वय सुरु गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी भएको नेपाल–भारत संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) लगायतका सहमति कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए । उनले भने, ‘ प्रधानमन्त्रीज्यूको भारत ...

पर्दाफास
मुम्बई इन्डियन्सको कप्तानमा रोहित शर्मा नियुक्त
OthersJust now

मुम्बई इन्डियन्सको कप्तानमा रोहित शर्मा नियुक्त

११ मंसिर, काठमाठौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफलमध्येको एक टोली मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तान नियुक्त गरेको छ । मुम्बईले आईपीएल २०२७ अघि रोहितलाई फेरि कप्तानको जिम्मेवारी दिएको हो । यसअघि कप्तान रहेका हार्दिक पान्ड्या ट्रेडमार्फत् पन्जाब किङ्स पुगेपछि कप्तानको पद खाली भएको थियो । कप्तानीका लागि सूर्यकुमार यादव, जसप्रित बुमराह लगायतको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement