Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निर्धारण गरेको समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउनेगरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । भूमि समस्या समाधान समितिको कार्यप्रगति तथा नापी र मालपोत सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीका सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित छलफलमा मन्त्री रावलले सरकारको प्राथमिकताअनुसार कामलाई तीव्रता दिन निर्देशन दिएकी हुन् । उनले एक महिनाभित्रै नापी र मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै सोहीअनुरूप आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी गर्न कर्मचारीलाई आग्रह गरिन् । नागरिकले सामान्य कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय तहमै सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री रावलले दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्नेगरी काम गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन् । भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि बहानामा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न आग्रह गरिन् । सरकारको मूलमन्त्र सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै मन्त्री रावलले यस विषयमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारिन् । सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र सहज बनाउन कर्मचारी प्रशासन जिम्मेवार हुनुपर्ने उनले बताइन् । उनले सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले सरकारले अघि सारेका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको धारणा राखिन् । छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी र भूमि प्रशासन कार्यालयका प्रमुख तथा भूमि समस्या समाधान समितिका पदाधिकारीलगायतको उपस्थिति थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हुन्डी कारोबारमा ५ वर्षमा ३ अर्ब ८७ करोडको बिगो, मधेशका जिल्ला सबैभन्दा अगाडि
Latest NewsJust now

हुन्डी कारोबारमा ५ वर्षमा ३ अर्ब ८७ करोडको बिगो, मधेशका जिल्ला सबैभन्दा अगाडि

नेपालमा अवैध हुन्डी कारोबारको सञ्जाल पूर्वी तराईका जिल्लामा बढी केन्द्रित रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल)ले तयार गरेको हुन्डी सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२६ मा हुन्डी कारोबारसँग सम्बन्धित शंकास्पद व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशत मधेस प्रदेशका जिल्लामा रहेको उल्लेख छ।  वित्तीय जानक... ...

नेपालखबर
हिसानको ३०औँ स्थापना दिवस : स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड
Latest NewsJust now

हिसानको ३०औँ स्थापना दिवस : स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मदन भण्डारी... ...

रातोपाटी
भारतको लोकसभामा ५० प्रतिशत सिट बढाउने प्रस्ताव क्याबिनेटबाट स्वीकृत
Latest NewsJust now

भारतको लोकसभामा ५० प्रतिशत सिट बढाउने प्रस्ताव क्याबिनेटबाट स्वीकृत

काठमाडौँ । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले लोकसभाको सिट संख्या ५० प्रतिशतले बढाउने प्रस्तावलाई स्वीकृति दिएको छ । हाल लोकसभामा ५४३ सिट रहेकोमा प्रस्ताव कार्यान्वयन भए ८१५ पुग्नेछन् । यसअनुसार २७२ सिट... ...

रातोपाटी
‘१० जनाको परिवार च्यापेर कुन सडकमा जाऊँ?’
Latest NewsJust now

‘१० जनाको परिवार च्यापेर कुन सडकमा जाऊँ?’

काठमाडौँ । शुक्रबार दिउँसो ठीक १ बजेको समय। स्थान– भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम हल (होल्डिङ सेन्टर)। भित्तामा झुण्डिएको घडीको सुईले दिउँसो २ बज्न मात्र ६० मिनेट बाँकी रहेको सङ्केत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement