Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको निर्देशन

पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको घटनाप्रति प्रधानमन्त्री बालेन शाहले चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयलाई पत्रकार पक्राउबारे पूर्वजानकारी नभएको स्पष्ट पारेकी छन्। उनका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका हुन्। साथै, सञ्चारमाध्यमको समाचार कक्षमा प्रवेश गरेर धरपकड नगर्न पनि सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको उनले बताएकी छन्। प्रहरीले हालसम्म तीन जना पत्रकारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल रहेका छन्। त्यस्तै, प्रहरीले दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

युवाहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन एआई तालिम सञ्चालन हुँदै
ताजा खबरJust now

युवाहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन एआई तालिम सञ्चालन हुँदै

काठमाडौँ। युवाहरूलाई ‘एआई’ सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सरकारले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत ‘एआईको प्रभावकारी प्रयोग... ...

रातोपाटी
एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित
ताजा खबरJust now

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ, कात्तिक १४ गते । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो जित निकाल्ने क्रममा विराटनगरले... ...

गोरखापत्र
करमा छुट र इन–एप पर्चेजको सुविधाका लागि गुगलसँग समन्वय गरिदिन सरकारसँग गेमिङ उद्योगको माग
ताजा खबरJust now

करमा छुट र इन–एप पर्चेजको सुविधाका लागि गुगलसँग समन्वय गरिदिन सरकारसँग गेमिङ उद्योगको माग

नेपालबाटै गेमिङ तथा आईटीबाट ‘ग्लोबल युनिकर्न’ कम्पनी जन्माउन वातावरण बनाउने प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेका छन् । ...

कान्तिपुर
२८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय आचार्य पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा चयन
ताजा खबरJust now

२८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय आचार्य पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा चयन

पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य पोखरा पर्यटन परिषद् (पीटीसी) को कोषाध्यक्षमा चयन भएका छन् । परिषद्को नयाँ कार्यसमितिलाई पूर्णता दिने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। परिषद्को हालै सम्पन्न २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट हरि भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो। अधिवेशनपछि बाँकी पदाधिकारी तथा सदस्यको जिम्मेवारी बाँडफाँट गर्ने ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play