न्युयोर्क।अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। निर्माणस्थल नजिकैको उत्खनन क्षेत्रमा भवन खसेपछि भग्नावशेषमा फसेकाहरूको उद्धार गर्न २५० भन्दा बढी अग्निनियन्त्रक र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। उद्धारका लागि ड्रोन र खोजी कुकुर समेत प्रयोग गरिएको थियो। अग्नि विभागकी आयुक्त लिलियन बोन्सिग्नोरले भग्नावशेषमा अझै कति जना फसेका छन् भन्ने यकिन नभएको बताएकी छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। निर्माणस्थलमा कामदारले उत्खनन गरिरहेका बेला भवन भत्किएको भवन विभागका आयुक्त अहमद तिगानीले बताएका छन्। उक्त स्थानमा तीनतले भवन निर्माणको स्वीकृति रहे पनि विकासकर्ताले नौतले भवन बनाउन अनुमति मागेका थिए।–रासस /एएफपी
न्युयोर्कमा भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






