न्युकासललाई हराएर एभरटन क्वाटरफाइनलमा

काठमाडौं । एभरटनले लिगकपमा बिहीबार न्युकासल युनाइटेडलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेम्स गार्नर र हेडेन ह्याकनेले पहिलो हाफमा गोल गरेपछि खेल एभटनको नियन्त्रणमा गएको थियो । दोस्रो हाफमा थिएर्नो बारीले एरभटनका लागि तेस्रो गोल गरे । न्युकासलका लागि खेलको अन्त्यतिर डन बर्नले एक गोल फर्काए । अब डिसेम्बरमा हुने अन्तिम आठको खेलमा एभरटनले फ्लिटउडको सामना गर्नेछ । चौथो डिभिजनमा खेल्ने फ्लिटउडले यसअघि इंग्लिस च्याम्पियन आर्सनललाई हराएको थियो । एभरटनले अहिलेसम्म लिगकप जितेको छैन् । तर अहिले कम्तीमा सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । एभरटनले सन् १९९५ यता कुनै ठूलो उपाधि जितेको छैन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

वृद्धाश्रममा आफन्तको प्रतीक्षा
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...


