Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/न्यायालयका विकृति र विसंगति समाधान गर्न संसदबाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

न्यायालयका विकृति र विसंगति समाधान गर्न संसदबाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायालयका विकृति र विसंगति समाधान गर्न संसदबाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएका विकृति, विसंगति र विवाद समाधानदेखि पत्रकारमाथि भएको धरपकडको घटनासम्मका विषयमा सरकार र आफ्नै संसदीय दललाई निर्देशन दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले न्याय क्षेत्रको समग्र पुनर्संरचनाका लागि संसद्बाटै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले यसका लागि संसदीय दललाई आवश्यक निर्देशन दिइसकिएको बताए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद् भएकाले न्याय क्षेत्रको पुनर्संरचनाको विषय संसद्बाटै उठाइने स्पष्ट पारे। महाअभियोगबारे सोधिएको प्रश्नमा उनले प्रक्रिया संसदीय दलमार्फत संसद्मा प्रवेश गरेपछि मात्रै त्यसको टुंगो लाग्ने बताए। त्यस्तै, बैठकले सादा पोसाकका प्रहरी न्युजरुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गरेको घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। प्रेस स्वतन्त्रता सुनिश्चित गर्न पनि पार्टीले सरकारलाई आग्रह गरेको छ। प्रवक्ता खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र न्युजरुममा प्रहरी प्रवेश गर्ने घटना गलत भएको बताए। ‘हिजो जुन घटना भयो, त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्‍यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ,’ उनले भने। उनले दोषीमाथि कारबाही गर्दा कुनै पनि सम्झौता नगर्न र शीघ्र कारबाही गरेर परिणाम देखाउन सरकारलाई आग्रह गरे। खरेलले रास्वपाले सामाजिक लोकतन्त्रलाई आत्मसात् गर्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रताप्रति पार्टीको प्रतिबद्धता दोहोर्‍याए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
ताजा खबरJust now

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ, कात्तिक १४ गते । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३... ...

गोरखापत्र
चाउचाउ निर्यातमा फड्को, मोटरसाइकल, तयारी कपडा र टाइल आयात ओरालो
ताजा खबरJust now

चाउचाउ निर्यातमा फड्को, मोटरसाइकल, तयारी कपडा र टाइल आयात ओरालो

विराटनगर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा विराटनगर भन्सार नाका हुँदै हुने वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष औद्योगिक... ...

रातोपाटी
एनपीएल : खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले भट्याए देउसीभैलो
ताजा खबरJust now

एनपीएल : खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले भट्याए देउसीभैलो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले देउसीभैलो शैलीमा भट्याउन थालेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न पुगेका... ...

रातोपाटी
चीन भ्रमणमा जाँदै रास्वपाका नेताहरू
ताजा खबरJust now

चीन भ्रमणमा जाँदै रास्वपाका नेताहरू

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकमा सो भ्रमणका बारेमा छलफल भएको थियो । बैठकमा मधेस प्रदेश र केही जिल्लामा देखिएका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play