नौ लाख किसानलाई बजारसँग जोड्ने श्रीलङ्काको कृषि कार्यक्रम सुरु

कोलम्बो । श्रीलङ्काले कृषि क्षेत्रको आधुनिकीकरण र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाउने उद्देश्यले शुक्रबार ६६ करोड ५० लाख अमेरिकी डलरको कृषि विकास कार्यक्रम सुरु गरेको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा सञ्चालन हुने ‘श्रीलङ्का एग्रीकनेक्ट’ कार्यक्रमले सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ । कार्यक्रमअन्तर्गत विश्व बैंक समूहले ५५ करोड अमेरिकी डलर र आईएफएडीले ११ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउनेछन् । यसका अतिरिक्त आगामी पाँच वर्षमा निजी क्षेत्रबाट थप १७ करोड अमेरिकी डलरसम्म लगानी भित्र्याउने लक्ष्य राखिएको छ । अधिकारीहरूका अनुसार कार्यक्रमले डिजिटल प्रविधिको प्रयोग र अन्य आधुनिकीकरणका उपायमार्फत कृषि तथा खाद्य क्षेत्रलाई जलवायु परिवर्तनका असर थेग्न सक्ने र बजारमुखी उद्योगका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । कार्यक्रम शुभारम्भका अवसरमा सार्वजनिक विवरणअनुसार श्रीलङ्काको कुल गार्हस्थ उत्पादनमा कृषि तथा खाद्य क्षेत्रको योगदान करिब १५ प्रतिशत छ । त्यस्तै, वस्तु निर्यातमा यस क्षेत्रको हिस्सा ३० प्रतिशत र कुल रोजगारीमा करिब एक तिहाइ रहेको छ । रासस/सिन्ह्वा
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बार्सिलोना फेरि जितको बाटोमा
काठमाडौं । राफिन्हा र लामिन यामलको दुई दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एलाभेजलाई ६–१ ले पराजित गरेको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई हारपछि बार्सिलोना फेरि जितको बाटोमा फर्केको हो र उसको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड दुई अंकको दूरीमा दोस्रो स्थानमा रहेको छ । एटलेटिकोले यसअघि लेभान्टेलाई २–० ले हराएर केही घण्टाका ...

बन्न नसकेका चक्रपथ
विश्वमै सहरी पूर्वाधारमा अनेक अभ्यास प्रचलनमा छन् । ठुला सहर तथा निश्चित क्षेत्रको यातायात प्रणालीलाई सुव्यवस्थित गर्न सहरवरिपरि घेराबद्ध फराकिला सडक अर्थात् चक्रपथ प्रचलित पाइन्छ... ...

आज काठमाडौँमा हरियो तरकारी, फलफूल र माछाको थोक मूल्य प्रतिकेजी कति होला ?
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो ...

विपतमा स्थानीय नेतृत्व
विसं २०८३ भदौ १० मा रसुवाको भोटेकोशीबाट सुरु भई त्रिशूली नदी हुँदै नुवाकोट, धादिङलगायतका क्षेत्रमा फैलिएको विनाशकारी बाढी तथा २०८३ असोज २५ मा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा गएका त... ...


