Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
Photo / Coverage: टक्सार

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। बैंकिङ क्षेत्रमा लामो अनुभव सुवेदीसँग बैंकिङ, वित्तीय व्यवस्थापन, संस्थागत सुशासन तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव छ। उनी कृषि विकास बैंक (एडीबीएल) मा कार्यरत रहँदै विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालेका थिए। बैंकमा मानव संसाधन तथा सेवा, प्रमुख सञ्चालन अधिकृत र प्रमुख कर्जा अधिकृतका रूपमा काम गरेका सुवेदीले कम्पनी सचिवालय प्रमुखको जिम्मेवारी पनि निर्वाह गरेका छन्। सुवेदीले बैंकिङ क्षेत्रमा आन्तरिक लेखापरीक्षण, अनुपालना, कर्जा व्यवस्थापन, निक्षेप परिचालन, डिजिटल बैंकिङ, संस्थागत योजना तथा बजेट निर्माणलगायत क्षेत्रमा काम गरेको अनुभव छ। उनले बैंकको कम्पनी सचिवालयमा रहँदा सार्वजनिक कम्पनीमा रूपान्तरणपछिका साधारणसभा तथा संस्थागत सुशासनसम्बन्धी काममा पनि भूमिका निर्वाह गरेका थिए। उनले नेको इन्स्योरेन्सको सञ्चालक सदस्य तथा फन्ड म्यानेजमेन्ट कम्पनीको सञ्चालक समितिको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन्। सुवेदीले साना किसान विकास लघुवित्त र डिप्रोक्स लघुवित्तको सञ्चालक सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए। सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन्। उनको शैक्षिक पृष्ठभूमि र कार्यानुभवमा बैंकिङ, वित्त, लेखा तथा बजारीकरणका विषय समेटिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रदेश प्रमुखसमक्ष आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस
Latest NewsJust now

प्रदेश प्रमुखसमक्ष आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस

बागमती, कात्तिक १८ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८२ र ८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको सातौँ वार्षिक प्रतिवेदन पेश ग... ...

गोरखापत्र
प्रहरी संगठनमा काखापाखा र प्रतिशोध राखिने छैन: आईजीपी केसी
Latest NewsJust now

प्रहरी संगठनमा काखापाखा र प्रतिशोध राखिने छैन: आईजीपी केसी

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीको कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्न लगाएसँगै उनले ७९ हजार ५३१ प्रहरी कर्मचारीको नेतृत्व सम्हालेका हुन्। पदभार ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालयबाट देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले संगठनमा कसैलाई काखापाखा नगरिने र कसैसँग प्रतिशोध नसाँधिने प्रतिबद्धता व्यक्त गरेका छन्। आईजीपी केसीले संगठनको गोपनीयता कायम राख्न कडा निर्देशन दिएका छन्। ...

नेपालन्युज
गगनलाई अमरेशको कटाक्ष : फेरि ‘मुखै हेर्दिनँ’को घर चहार्दै किन हिँडेको?
Latest NewsJust now

गगनलाई अमरेशको कटाक्ष : फेरि ‘मुखै हेर्दिनँ’को घर चहार्दै किन हिँडेको?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापालाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहले कटाक्षयुक्त प्रश्न गरेका छन्।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाली युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडिओ बयान भन्दै गगन थापाले कांग्रेसको आधिकारिकताका लागि १८ करोड र... ...

नेपालखबर
बैतडीमा जिप दुर्घटनाः एक महिलाको घटनास्थलमै मृत्यु, ६ जना घाइते
Latest NewsJust now

बैतडीमा जिप दुर्घटनाः एक महिलाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

गोकर्ण दयाल बैतडी, कात्तिक १८ गते । पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत बैतडीको मेलौलीमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।जिल्ला प... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play