Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रहरी संगठनमा काखापाखा र प्रतिशोध राखिने छैन: आईजीपी केसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी संगठनमा काखापाखा र प्रतिशोध राखिने छैन: आईजीपी केसी
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीको कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्न लगाएसँगै उनले ७९ हजार ५३१ प्रहरी कर्मचारीको नेतृत्व सम्हालेका हुन्। पदभार ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालयबाट देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले संगठनमा कसैलाई काखापाखा नगरिने र कसैसँग प्रतिशोध नसाँधिने प्रतिबद्धता व्यक्त गरेका छन्। आईजीपी केसीले संगठनको गोपनीयता कायम राख्न कडा निर्देशन दिएका छन्। उनले संगठनभित्रका वा अनुसन्धानका सूचना चुहाउनेहरूविरुद्ध निर्मम कारबाही गरिने चेतावनी दिँदै भने, ‘संगठनको गोपनीयता हनन गर्नेलाई कुनै कसर नराखी कानुन अनुसार कारबाही गरिन्छ।’ उनले व्यक्तिको गलत कामको भारी संगठनले नबोक्ने स्पष्ट पार्दै तर कसैसँग प्रतिशोध पनि नसाँधिने बताए। करिब १५ मिनेटको सम्बोधनमा आईजीपी केसीले तल्लो तहका प्रहरी कर्मचारीको हितलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले भने, ‘आधारभूत तहका प्रहरीलाई केन्द्रमा राखेर काम गर्न र गुनासा सम्बोधन गर्न छुट्टै संयन्त्र विकास गरिनेछ।’ साथै, उनले प्रहरीलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन्। सरुवा र बढुवालाई पूर्ण रूपमा पारदर्शी बनाउने घोषणा गर्दै केसीले कार्यसम्पादनको आधारमा मात्र पोस्टिङ गरिने बताए। एआईजी र डीआईजीहरूसँग सामूहिक भावनाका साथ काम गर्ने उल्लेख गर्दै उनले प्रहरीको खस्किएको मनोबल उकास्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेनी–दरवाङ–मुना सडकको बालौटेमा अस्थायी सडक निर्माण सुरु
Latest NewsJust now

बेनी–दरवाङ–मुना सडकको बालौटेमा अस्थायी सडक निर्माण सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी, कात्तिक १८ गते । गत असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले क्षतिग्रस्त भएको बेनी–दरबाङ–मुना सडक अन्तर्गत बालौटेमा अवरुद्ध... ...

गोरखापत्र
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह
Latest NewsJust now

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर । नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गरे । उनले ...

नेपालन्युज
प्रश्नसँग डराएको सरकार
Latest NewsJust now

प्रश्नसँग डराएको सरकार

प्रेसलाई तर्साएर मौन बनाउँदैमा सत्य लुक्दैन । बरु लोकतन्त्र कमजोर हुन्छ, विधिको शासन धरापमा पर्छ र सूचनाको अधिकारबाट नागरिक वञ्चित हुन्छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play