नेपा एपमा नयाँ अपडेट

काठमाडौं । नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनलाई सहज बनाउने विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् । कम्पनीका अनुसार फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, नियमित रूपमा पानी पिउन सम्झाउने वाटर रिमाइण्डर, जिल्लागत मौसम, तरकारी मूल्य, इन्धन मूल्य, अस्पतालमा उपलब्ध फ्री खाली बेड तथा ब्लड बैंकसम्बन्धी जानकारी लगायतका सुविधा नयाँ अपडेटका मुख्य आकर्षण बनेका छन् । नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न उपयोगी हुने ओसिआर र स्वास्थ्य तथा दैनिक जीवनसँग सम्बन्धित वाटर रिमाइण्डरलाई प्राथमिकताका साथ समेटिएको छ । नयाँ अपडेटको आकर्षक सुविधामध्ये एक हो, ओसिआर । उक्त सुविधामार्फत फोटो वा तस्बिरमा रहेका नेपाली अक्षर तथा शब्द डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिन्छ । उदाहरणका लागि, कुनै किताब, पत्रपत्रिका, सूचना, कागजात वा अन्य सामग्रीको फोटो खिचेर त्यसमा भएको नेपाली टेक्स्ट निकाल्न सकिन्छ । जसले नेपाली भाषामा लेखिएका सामग्री पुनः टाइप नगरी डिजिटल रूपमा प्रयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ । विद्यार्थी, शिक्षक, पत्रकार, कार्यालयमा काम गर्ने व्यक्ति तथा नेपाली सामग्रीसँग नियमित रूपमा काम गर्ने प्रयोगकर्ताका लागि उक्त सुविधा उपयोगी हुनसक्छ । नयाँ अपडेटमा समावेश गरिएको अर्को महत्त्वपूर्ण सुविधा हो, वाटर रिमाइण्डर । दैनिक व्यस्तताका कारण धेरैले समयमै पानी पिउन बिर्सने गर्छन् । त्यस्तो अवस्थामा वाटर रिमाइण्डरले निर्धारित समयमा पानी पिउन सम्झाउन सहयोग गर्छ । प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार पानी पिउने रिमाइण्डर प्रयोग गर्न सक्छन् । दैनिक जीवनमा पानी पिउने बानीलाई नियमित बनाउन चाहनेका लागि उक्त सुविधा उपयोगी बन्नसक्छ । नयाँ अपडेटमा वर्ल्ड क्लक र बिएमआई क्याल्कुलेटर पनि समावेश छन् । वर्ल्ड क्लकमार्फत विभिन्न देश तथा शहरको स्थानीय समय हेर्न सकिन्छ । विदेशमा रहेका आफन्तसँग सम्पर्क गर्ने, अन्तर्राष्ट्रिय काम गर्ने वा विदेशसँग सम्बन्धित समय व्यवस्थापन गर्नुपर्ने प्रयोगकर्ताका लागि उक्त सुविधा उपयोगी हुनसक्छ । त्यस्तै, बिएमआई क्याल्कुलेटरले उचाइ र तौलका आधारमा शरीरको बडी मास इण्डेक्स गणना गर्न सहयोग गर्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

कोरलानाकाबाट साढे तीन महिनामै लक्ष्यभन्दा बढी ११ अर्ब ४५ करोड राजस्व सङ्कलन
अवधि नबित्दै लक्ष्यभन्दा रु २ अर्ब ४५ करोड ४७ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको हो। ...

नेपाललाई मेडिकल हब बनाउने तयारी
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १५ गते । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्धनका लागि... ...

टोटनहम आठौं स्थानमा
लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ । ...

रास्वपा सचिवालय बैठकका चार निर्णय, गैरजिम्मेवार आदेश दिनेलाई कार्वाही गर्न सरकारलाई निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकबाट शनिबार (कात्तिक १४) विभिन्न निर्णय गरिएको छ । स्वयम्भूस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकका चार निर्णय सार्वजनिक गरिएको छ । बैठकको पहिलो नम्बरको निर्णय शुक्रबार (कात्तिक १३) गरिएको पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशका विषयमा छ । पार्टीले लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै सम्झौता नगर्ने ...


