Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको नेपालीको साझा सम्पदा भएको बताएका छन्। नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भएपनि यो नेपालीको साझा सम्पदा भएको बताएका हुन्। “राष्ट्रिय विभूति शङ्खधर साख्वाः ऋणमा डुबेका जनतालाई ऋण मुक्त गराई प्रारम्भ गर्नुभएको नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक संवत् हो। यसले नेपालको सांस्कृतिक पहिचान, समाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको छ। जनकल्याण, परोपकार र समाजिक न्यायको भावना यस संवत्का विशिष्ट सन्देश हुन्,”, उनले सन्देशमा भनेका छन्। सभामुख अर्यालले नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्दर्भमा यसको संरक्षण, प्रर्वद्धन र पुस्तान्तरण गर्नु राज्य तथा नागरिक सबैको साझा दायित्व भएको बताएका छन्। यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्नेमा उनको भनाइ छ। सभामुख अर्यालले मुलुकको भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानून निर्माण, नीतिगत बहस र सरकारको जवाफदेहितामार्फत प्राथमिकताका साथ संसद्मा सम्बोधन हुने विश्वास व्यक्त गरेका छन्। उनले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस् भन्ने कामना गरेका छन्। साथै, राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउँदै विपद् र चुनौतीको सामान गर्न सबैलाई प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन्। यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति बेहोर्न परेको पीडादायी अवस्था पनि यस कठिन घडीमा प्रभावित परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। “विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको कामलाई थप प्रभावकारी बनाउन राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य आवश्यक छ। यस्तो समयमा हाम्रो एकता, सहयोग र मानवीय समवेदना नै सबैभन्दा ठूलो शक्ति हो,”, सभामुख अर्यालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओलीद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना
Latest NewsJust now

ओलीद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७, म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। उनले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका प्रतीक यी पर्वले सबैको जीवनमा सुख, समृद्धि र सद्भाव कायम गरून् भन्ने कामना गरेका छन्। म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धि, गोवर्द्धन पूजाले प्रकृति तथा पर्यावरणप्रतिको कृतज्ञता र हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर ...

नेपालन्युज
नेपाल संवत ११४७ को अवसरमा बेनीमा प्रभातफेरी
Latest NewsJust now

नेपाल संवत ११४७ को अवसरमा बेनीमा प्रभातफेरी

म्याग्दी समाचारदाता म्याग्दी, कात्तिक २४ गते । नेपाल संवत् ११४७ का अवसरमा मंगलबार बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजना... ...

गोरखापत्र
रुकुमकी १६ वर्षीया सदिक्षाको साहस : आफ्नै खर्चमा बनाइन् खोलामाथि पुल
Latest NewsJust now

रुकुमकी १६ वर्षीया सदिक्षाको साहस : आफ्नै खर्चमा बनाइन् खोलामाथि पुल

काठमाडौं । रुकुम पूर्वकी १६ वर्षीया सदिक्षा ओलीले आफ्नै खर्चमा काठको पुल निर्माण गरेकी छन्। दोमाई खोलामाथि रहेको पुरानो पुल भत्किएपछि सम्बन्धित निकायले पुनर्निर्माणमा चासो नदेखाउँदा उनले आफ्नै पहलमा पुल बनाएकी हुन्। ओलीको यो पहल गत अगस्टमा सामाजिक सञ्जालमा भाइरल भएको भिडियोपछि चर्चामा आएको थियो। उनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘प्रचण्ड बाजे’ सम्बोधन गरेर भत्किएको पुल बनाइदिन ...

केन्द्रबिन्दु
शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ: कार्यवाहक प्रमुख डंगोल
Latest NewsJust now

शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ: कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छिन्। मंगलवार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play