Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपाल र भारतबीचको विश्वास हिमालजस्तै अग्लो होस्, सम्बन्ध नदीजस्तै निरन्तर बगिरहोस् : प्रधानमन्त्री साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल र भारतबीचको विश्वास हिमालजस्तै अग्लो होस्, सम्बन्ध नदीजस्तै निरन्तर बगिरहोस् : प्रधानमन्त्री साह
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ७ । नेपालका प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीचको आपसी विश्वास हिमालजस्तै अग्लो र दुई देशबीचको सम्बन्ध नदीजस्तै निरन्तर प्रवाहित भइरहोस् भन्ने कामना गर्नुभएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री साहले यस्तो धारणा व्यक्त गर्नुभएको हो। एक विश्वसनीय छिमेकीका रूपमा भारतले अप्ठ्यारो परिस्थितिमा नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री साहले भारतप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “एक विश्वसनीय छिमेकीको रूपमा भारतले अप्ठ्यारो परेको बेला सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दछु।” भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री साहले ती सहमतिले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको सम्बन्ध मात्र नभई साझा इतिहास, विश्वास र सहकार्यमा आधारित रहेको छ। बदलिँदो विश्व परिवेशमा दुवै देशले आपसी सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो। जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीलाई दुवै देशले संयुक्त रूपमा सामना गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री साहले यस क्षेत्रमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले अयोध्या–जनकपुर रेल सेवाको शुभारम्भ गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रा पुर्खाले स्थापित गरेको जगलाई बलियो बनाएर हामीले आज अयोध्या–जनकपुर रेलको शुभारम्भ गरेका छौँ।” नेपालको आर्थिक विकास र समृद्धिका लागि भारतीय लगानी तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री साहले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी गर्न स्वागत गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो साझा आर्थिक उन्नतिका लागि भारतीय उद्योगीहरूलाई नेपालमा स्वागत गर्दछौँ। हाम्रा दुई मुलुकको समृद्ध भविष्यका लागि हामीले मिलेर काम गर्नुपर्नेछ।” नेपाल र भारतबीचको सम्बन्धलाई अझ विश्वासिलो, सुमधुर र दीर्घकालीन बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री साहले पत्रकार सम्मेलनमा देशबीचको सम्बन्धका लागि सुन्दर कामना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल र भारतबीचको विश्वास हिमालजस्तै अग्लो होस्, हाम्रो सम्बन्ध नदीजस्तै निरन्तर बगिरहोस्।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
निःशुल्क वाइफाईसम्बन्धी समाचारमा नाम जोडिएकोप्रति भेषराज लुइँटेलको आपत्ति
PoliticsJust now

निःशुल्क वाइफाईसम्बन्धी समाचारमा नाम जोडिएकोप्रति भेषराज लुइँटेलको आपत्ति

सार्वजनिक वाइफाई सेवासम्बन्धी फरकधारमा प्रकाशित समाचारमा आफ्नो नाम र रिट निवेदनको विषय गलत रूपमा प्रस्तुत भएको भन्दै भेषराज लुइँटेलले खण्डन गरेका छन् । फरकधारमा २०८३ कात्तिक १५ गते प्रकाशित ‘फ्री वाइफाई बन्यो बिचौलियाको आँखाको कसिंगर, बन्द गराउन अदालतसम्म रिट’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै उनले आफ्नो रिट निःशुल्क वाइफाई बन्द गराउने उद्देश्यले दायर नगरिएको स्पष्ट पारेका हुन् । लुइँटेलका अनुसार पाटन उच्च अदालतमा ...

फरकधार
भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट
PoliticsJust now

भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् ।  भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् ।  सो भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली ...

फरकधार
नेपाली क्रिकेटमा भारतको सहयोग बढ्ने, पूर्वाधार र प्रशिक्षणमा मोदीको प्रतिबद्धता
PoliticsJust now

नेपाली क्रिकेटमा भारतको सहयोग बढ्ने, पूर्वाधार र प्रशिक्षणमा मोदीको प्रतिबद्धता

भारतले नेपालमा क्रिकेटको पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणका लागि सहयोग बढाउने प्रतिबद्धता जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको खेलकुद सहकार्यलाई थप मजबुत बनाउने क्रममा क्रिकेटलाई विशेष प्राथमिकता दिने बताएका हुन् । मोदीले क्रिकेट पूर्वाधार निर्माण तथा खेलाडीलाई प्रशिक्षण दिने क्षेत्रमा भारतले आफ्नो सहयोग बढाउने उल्लेख गरेका छन् । यसबाट नेपालमा क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा आवश्यक पूर्वाधार निर्माणमा ...

फरकधार
नेपाल-भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री शाह
PoliticsJust now

नेपाल-भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका छन् । उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई समयअनुकूल थप सुदृढ बनाउँदै आपसी सहकार्य र साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पद सम्हालेपछि आफ्नो पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement