नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेको ८१औं महासभाको बैंठकले उक्त निर्णय गरेको हो । महासभामा प्रस्ताव नम्बर ८१रएल।८ सर्वसम्मतिले पारित गर्दै नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि निर्धारित तयारी अवधि थप गर्ने निर्णय गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालको स्थायी नियोगले जनाएको छ । यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ। नेपालले यस अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने जनाएको छ। साथै, स्तरोन्नतिपछिको सहज संक्रमण सुनिश्चित गर्न तयार पारिएको सहज संक्रमण रणनीति (स्मुथ ट्रान्जिसन स्ट्राटेजी), दिगो विकासका लागि सन् २०३० को कार्यसूची तथा दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनेछ। अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाली नियोगले उक्त निर्णयका लागि नेपालले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति निरन्तरको सहयोग, ऐक्यबद्धता र समर्थनका लागि धन्यवाद व्यक्त गरेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

रास्वपा सचेतक भन्छन्– न्यायालयमा विकृतिको अवशेष हुँदासम्म विद्रोहको अंश रहन्छ
१३ कात्तिक, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियार न्यायालयमा विकृति रहन नहुने बताउँछन् । सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठिरहेको पृष्ठभूमिमा उनले यस्तो बताएका हुन् । उनका अनुसार, न्यायालय संविधानको पनि व्याख्या गर्ने सर्वोच्च निकाय हो । उनी भन्छन्, ‘भुईं मान्छेदेखि पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वाराजा ज्ञानेन्द्र शाहसम्म, भुईंमान्छेदेखि कर्मचारीसम्म । उद्योगीदेखि… ...

फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन
उद्योग विभागका अनुसार उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीत सिधै खोलामा विसर्जन गरी प्रदूषण बढाएको भन्दै उजुरीहरू प्राप्त भएका छन् । ...

टिकटकले तीन महिनामा हटायो नेपालका २६ लाख ३६ हजार बढी भिडियो
१३ कात्तिक, काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार यो तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका नेपालका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ। यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत भएको टिकटकले जनाएको छ । प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि… ...



