काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा आफ्नो मुख्य व्यावसायिक कारोबारमा उत्साहजनक वृद्धि हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा २५.६६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६२ लाख ५९ हजार रुपैयाँ रहेको खुद बीमाशुल्क आर्जन चालु आवको सोही अवधिमा बढेर ३ करोड २९ लाख ९८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन पनि १९.७० प्रतिशतले वृद्धि भई ६ करोड ८२ लाख ९९ हजार रुपैयाँबाट ८ करोड १७ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको व्यावसायिक स्थायित्वको अर्को बलियो सकारात्मक पक्ष बीमालेख नवीकरणमा देखिएको उल्लेख्य वृद्धि हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४९३ वटा बीमालेख नवीकरण भएकोमा चालु आवको सोही अवधिमा ११०.५४ प्रतिशतले बढेर १ हजार ३८ वटा बीमालेख नवीकरण भएका छन् । यसले ग्राहकहरूमाझ कम्पनीप्रतिको विश्वास बढ्दै गएको देखाउँछ। यस्तै, बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको अवस्थामा पनि कम्पनीले आफ्नो लगानी पोर्टफोलियो व्यवस्थापन गर्दै लगानी तथा कर्जाबाट हुने आम्दानी १९.१५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ७३ लाख ८५ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवको पहिलो त्रैमासमा ८७ लाख ९९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन खर्चमा मितव्ययिता र बलियो कोष कम्पनीले व्यवसाय विस्तारसँगै अनावश्यक सञ्चालन खर्चमा नियन्त्रण गरेको देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ३४ लाख ६९ हजार रुपैयाँ रहेको अन्य सञ्चालन खर्चलाई कम्पनीले ३२ प्रतिशतले घटाएर ९१ लाख ६४ हजार रुपैयाँमा झारेको छ । दाबी भुक्तानी र कर्मचारी खर्च बढेका कारण खुद नाफा ५८ लाख ८९ हजार रुपैयाँ र वार्षिक प्रतिसेयर आम्दानी (इपिएस) ३ रुपैयाँ १४ पैसा कायम रहे पनि कम्पनीको जगेडा तथा कोषहरू भने थप मजबुत बनेका छन् । ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडा १२.१७ प्रतिशतले बढेर २ करोड ६६ लाख ८३ हजार रुपैयाँ, महाविपत्ति कोष २६ लाख ६८ हजार रुपैयाँ र रिटेन्ड अर्निङ २ करोड ३२ लाख ५१ हजार रुपैयाँ संचित छ । कम्पनीको कुल लगानी ६८ करोड २७ लाख ५९ हजार रुपैयाँ रहेको छ भने तरलता अनुपात १३८ प्रतिशत र सोल्भेन्सी मार्जिन अनुपात २.०३ कायम छ, जसले कम्पनीको वित्तीय आधार निकै सबल रहेको पुष्टि गर्छ। आगामी रणनीतिः डिजिटल सेवा र जनचेतना विस्तारआगामी दिनमा लघुबीमाको पहुँच विस्तार गर्न डिजिटल सेवाको प्रवर्धन, जनचेतना अभिवृद्धि र मानव संसाधनको क्षमता विकासलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा दोस्रो बजारमा कम्पनीको सेयर मूल्य अधिकतम ९९० रुपैयाँ र न्यूनतम ७६५ रुपैयाँ ३० पैसामा कारोबार भई असोज मसान्तमा ७९६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २५.६६ प्रतिशतले बढ्यो,नवीकरण बीमालेख दोब्बर

Read Complete Original Article
Published originally on टक्सार






