Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठोकिए
Photo / Coverage: केन्द्रबिन्दु

मियामी । संयुक्त राज्य अमेरिकाको मियामी विमानस्थलमा दुई विमान आपसमा ठोकिएका छन्। शनिबार राति पानामा सिटीबाट आएको कोपा एयरलाइन्सको यात्रुवाहक विमान विमानस्थलतर्फ अघि बढ्दै गर्दा यसको पखेटा यूपीएस कार्गो विमानको अगाडिको भागमा ठोकिएको हो। मियामी-डेड फायर रेस्क्युका अनुसार यूपीएस बोइङ ७६७ र कोपा एयरलाइन्सको बोइङ ७३७ आपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा यात्रुवाहक विमानमा सवार दुई जना सामान्य घाइते भएका छन्। विमानमा १६६ यात्रु र चालक दलका ६ सदस्यसहित १७२ जना सवार थिए। सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। दुर्घटना अमेरिकी समयअनुसार शनिबार राति ९:१५ बजेतिर भएको थियो। त्यतिबेला दुवै विमान विमानस्थल ट्याक्सीवेमा थिए। यूपीएस कार्गो विमान कोलम्बियाको बोगोटाको लागि उड्ने तयारीमा थियो। कोपा एयरलाइन्सका यात्रु सेजर फरेराले सीएनएनलाई बताएअनुसार विमान सामान्य गतिमा विमानस्थलतर्फ अघि बढिरहेको थियो, अचानक यात्रु चिच्याए र अर्को विमानसँग ठोकिएको झट्का महसुस भयो । उनले भने, ‘ठोकिँदा विमान अचानक एक छेउमा हल्लियो र मोडियो। केही यात्रु आत्तिए, तर चालक दलका सदस्यले तुरुन्तै सबैलाई बस्न भने।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इंग्ल्यान्डको हातबाट स्पेनको अपराजित यात्रामा पूर्ण विराम
Latest NewsJust now

इंग्ल्यान्डको हातबाट स्पेनको अपराजित यात्रामा पूर्ण विराम

काठमाडौं । इंग्ल्यान्डले यूईएफए नेसन्स लिगमा आइतबार स्पेनलाई ३–२ ले पराजित गरेको छ । यससँग विश्व च्याम्पियन स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बेल्जियमले भने अर्को खेलमा इटालीलाई ४–१ ले हराएको छ र फ्रान्ससँगै क्वाटरफाइनल पुगेको छ । टोमस टुचेलको इंग्ल्यान्डले स्पेन सम्मिलित समूह ए–थ्री पनि जित्न सफल रह्यो । दुवै समान १५ अंकमा रहे । इंग्ल्यान्डले ...

केन्द्रबिन्दु
संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै
Latest NewsJust now

संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै

उदयपुर । कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको उदयपुरको रैथाने बासमती धानको खेती पछिल्लो समय संकटमा परेको छ। छोटो समयमै बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धानप्रति... ...

रातोपाटी
एनपीएलमा आज विश्राम
Latest NewsJust now

एनपीएलमा आज विश्राम

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका खेल सम्पन्न भएसँगै आज विश्राम दिइएको छ। प्रतियोगिताको तालिकामा यसअघि कुनै पनि दिन विश्राम नराखिए पनि लिग चरण सकिएपछि खेल नहुने गरी आजको दिन छुट्याइएको हो। लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स ...

नेपालन्युज
आर्थिक शिथिलताको जोखिम
Latest NewsJust now

आर्थिक शिथिलताको जोखिम

आर्थिक शिथिलता भन्नाले उत्पादन, रोजगारी, उपभोग, लगानी आयआर्जनका विभिन्न गतिविधि विस्तार हुन नसकी सुस्त गति भएको अवस्थालाई लिन सकिन्छ । आर्थिक शिथिलता बढ्दै गएमा मन्दी आउन सक्छ । त्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play