Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल-मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौँमा राख्न कूटनीतिक पहल

नेपाल-मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौँमा राख्न कूटनीतिक पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल-मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौँमा राख्न कूटनीतिक पहल

काठमाडौँ।नेपाल र मलेसियाबीच श्रमिक छनौट तथा भर्ना प्रक्रियामा देखिएका विषयहरूमा छलफल गर्न सरकारले कूटनीतिक पहल अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै संयुक्त कार्यदल (Joint Working Group-JWG) को बैठक काठमाडौँमा आयोजना गर्न प्रस्ताव गरेको हो। नेपालले उक्त बैठकका लागि सन् २०२६ को नोभेम्बर १८-१९ वा डिसेम्बर २-३ को मिति प्रस्ताव गरेको छ। मलेसियाको अनुकूलताअनुसार अन्तिम मिति तय गर्न सकिने नेपालको भनाइ छ। बैठकमा वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विविध सवालहरूमा सहमति जुटाउने लक्ष्य राखिएको छ। नेपालले विशेष गरी FWCMS प्रणालीअन्तर्गत नेपाली श्रमिकको भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा छलफल गर्ने योजना बनाएको छ। साथै, सन् २०१८ मा दुई देशबीच भएको श्रम समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने अपेक्षा पनि गरिएको छ। नयाँ व्यवस्था नभएसम्म विद्यमान प्रणालीलाई नै निरन्तरता दिनुपर्ने नेपालको अडान छ। यसले श्रमिक भर्ना प्रक्रियामा सहजता र पूर्वानुमानयोग्यता कायम राख्न मद्दत पुग्ने सरकारको विश्वास छ। मलेसियासँगको दीर्घकालीन श्रम सहकार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली श्रमिकको हित संरक्षण र सुरक्षित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

मौसम पूर्वानुमान महाशाखाको अनुरोधः भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहनुस्
ताजा खबरJust now

मौसम पूर्वानुमान महाशाखाको अनुरोधः भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहनुस्

काठमाडौँ, कात्तिक ९ गते । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले आगामी बिहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थान... ...

गोरखापत्र
चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक लोकार्पण
ताजा खबरJust now

चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक लोकार्पण

काठमाडौँ, कात्तिक ९ गते । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ। यहि अक्... ...

गोरखापत्र
फूलखेती आम्दानीको मुख्य स्रोत
ताजा खबरJust now

फूलखेती आम्दानीको मुख्य स्रोत

घोराही (दाङ), कात्तिक ९ गते । दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् ।यति... ...

गोरखापत्र
प्रचण्डले कटवाललाई बर्खास्त गर्न बालुवाटार बोलाउँदा भैरवनाथ गणको सेनाले बालुवाटार घेरेको राष्ट्रपति यादवको सल्लाहकारको खुलासा
ताजा खबरJust now

प्रचण्डले कटवाललाई बर्खास्त गर्न बालुवाटार बोलाउँदा भैरवनाथ गणको सेनाले बालुवाटार घेरेको राष्ट्रपति यादवको सल्लाहकारको खुलासा

काठमाडौं : तत्कालीन सरकारले बर्खास्त गर्ने तयारीसहित प्रधानसेनापति रुक्माङगत कटवाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बेलामा प्रधानमन्त्री निवास बालुवाटार सेनाले घेरेको खुलेको छ। प्रचण्डले २०६६ वैशाख २० मा कटवाललाई बर्खास्त गरेका थिए। तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको कानुनी सल्लाहकार रहेका ललित बस्नेतले पत्रकार सुधीर शर्माको अनि अब कार्यालय… ...

उकेरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play