नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम सुरु

काठमाडौं । सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै भन्ने नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको आयोजनामा नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम सुरु भएको छ । कार्यक्रम संयोजक एवं एनआरएनए प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु भएको उहाँले बताउनुभयो । भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना गर्न सकिने सापकोटाको भनाइ छ । उहाँका अनुसार नेपालको पर्यटन प्रवर्द्धन केवल प्रचार सामग्री वितरण गरेर मात्र सम्भव हुँदैन । भारतीय पर्यटन व्यवसायीलाई नेपालका गन्तव्यमा प्रत्यक्ष ल्याउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेट गराउने, सेवा र सुविधाबारे जानकारी दिने र व्यावसायिक साझेदारीका आधार तयार गर्ने काम आवश्यक छ । सोही सोचसाथ कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा भारतका विभिन्न शहरका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रममा व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण तथा भविष्यमा नियमित पर्यटक आवागमन बढाउने सम्भावनाबारे छलफल हुने बताइएको छ । आयोजकका अनुसार लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्य राखिएको छ । विशेषगरी भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा जोड्दै क्षेत्रीय पर्यटन सहकार्य विस्तार गर्न सकिनेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडाैं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । यी दुई टोली अघिल्लो ...

दुई पटकको अभागी सुदूरपश्चिमको लक्ष्य पहिलो उपाधि
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्स यसपटक पहिलो उपाधिको खोजीमा छ । लगातार दुई पटक उपविजेतामा सीमित बनेको... ...

जलवायु न्यायको सुरुवात
हजारौँ माइल यात्रा पहिलो पाइलाबाटै आरम्भ हुन्छ भनिन्छ । पहिलो पाइला सजिलो हुँदैन । त्यसका निम्ति ठुलो तयारी चाहिन्छ । उद्देश्य र गन्तव्य स्पष्ट हुनु पर्छ । आँट र अठोट पनि चाहिन्छ ।... ...

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता
• झापाका किसानहरू धान पाक्ने समयमा जङ्गली हात्तीबाट बाली जोगाउन चिन्तित छन्, जसका लागि सशस्त्र प्रहरीले सुरक्षा निगरानी र जनचेतना अभियान चलाइरहेको छ। • हात्तीको जोखिमबाट बच्न किसान र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र रातको समयमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ। • हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र हात्तीलाई नजिक जान्न वा लखेट्न प्रयास नगर्न सशस्त्र ...


