Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुल्यो': मन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुल्यो': मन्त्री खनाल
Photo / Coverage: बीबीसी नेपाली

RSS प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भारत भ्रमणका क्रममा भएका सहमतिसँगै नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुलेको' परराष्ट्रमन्त्री.शिशिर खनालले बताएका छन्।नेपाल-भारतबीच भएको सन् १९५० को मैत्रीपूर्ण सन्धिलाई पुनरवलोकन गरिनुपर्ने आवाज वर्षौँदेखि उठ्दै आएको पृष्ठभूमिमा द्विपक्षीय सहमति भएको परराष्ट्रमन्त्री खनालले बताएका हुन्।"नयाँ विषयमा सहकार्य अगाडि बढाउनका लागि हामीले आवश्यक परेमा हाम्रा पुराना सन्धि, सम्झौता, सहमतिहरूलाई पनि परिमार्जन गर्ने बाटो खुलेको छ," भारत भ्रमणबाट फर्केपछि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने। प्रधानमन्त्रीको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा हवाईमार्गदेखि रेलमार्गसम्मका विषय नेपाल र भारतबीच केके विषयमा समझदारी भए? "सन् १९५० को सन्धिलगायत पुराना सन्धिहरूमा पनि हामी यी विषयहरूमा बसेर नेपाल-भारत सम्बन्धलाई नयाँ आयामबाट, नयाँ दृष्टिकोणबाट समयसापेक्ष बनाउन आवश्यक सबै खाले पुराना सन्धिहरूको पनि पुनरवलोकन गर्नका लागि 'स्पेस' हामी खुलाएर आएका छौँ," खनालले अगाडि थपे।ईपीजी प्रतिवेदननेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदन भारतले हालसम्म नबुझेको भन्दै केही वर्षयता प्रश्न उठ्दै आएको विषयबारे पनि परराष्ट्रमन्त्रीले जिकिर गरे।"नेपाल-भारत सम्बन्धलाई नयाँ आयामबाट हामी व्याख्या गर्न चाहन्छौँ र त्यसका लागि आवश्यक पर्ने नयाँ सन्धिहरू गर्न पनि हामी तयार छौँ भनेर दुई देशले भनेका छन्," मन्त्री खनालले भने।"त्यो भनेको नेपाल-भारतबीच भएको सन् १९५० को सन्धिलगायतका विभिन्न खाले सन्धि, सम्झौताको पुनरवलोकन गर्न तयार छ भनेर स्पष्ट रूपमा बोलिसकेपछि ईपीजीभित्र भएका विषयवस्तुहरूलाई पनि सम्बोधन गर्ने गरी संयुक्त दूरदृष्टि दस्तावेजमा समाहित छ," उनले अगाडि थपे। नेपाल र भारतबीच विभिन्न समझदारीको घोषणा, दुवै देशका प्रधानमन्त्रीले के भने?प्रधानमन्त्री बालेनको भारत भ्रमणका महत्त्वपूर्ण र संवेदनशील पक्ष के हुन्? तीन विषयमा 'ब्रेकथ्रू'पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले खास गरी तीन वटा विषयमा 'ब्रेकथ्रू' अर्थात्‌ उल्लेखनीय उपलब्धि भएको जिकिर गरे।ती तीन विषयमा उनले हवाईमार्ग, पारवहनका लागि भारतीय बन्दरगाहमा पहुँच र रेल पारवहनको विषय उल्लेख गरे।"दुई प्रधानमन्त्रीहरूबीच भएको सहमतिमा भैरहवामाथि भएको आकाशको पहुँच मार्ग नेपालले प्रयोग गर्न पाउने भएको छ। एकपक्षीय थियो, नेपालबाट बाहिर जान पाइन्थ्यो। अब चाहिँ नेपाल भित्रिन पनि पाउने गरी सहमति भएको छ," मन्त्री खनालले भने।सो विषयमा दुई प्रधानमन्त्रीले प्रतिबद्धता जनाइसकेपछि अब त्यो कार्यान्वयनका लागि अगाडि बढाइने उनले उल्लेख गरे।भैरहवाबाहेक अरू हवाईमार्गबारे कुनै किसिमको सहमति नभएको परराष्ट्रमन्त्री खनालले स्पष्ट पारे। PMO Nepal त्यसबाहेक नेपालले अतिरिक्त बन्दगाहमा पहुँच पाउने सहमतिलाई ठूलो उपलब्धिको रूपमा मन्त्री खनालले अर्थ्याए।"तेस्रो मुलुकसँग नेपालको व्यापारका लागि कोलकाता र विशाखापट्टनम बन्दरगाहका अतिरिक्त नेपाललाई थप बन्दरगाहहरू दीनदयाल बन्दरगाह र पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच पर्ने विषयमा पनि सहमति भएको छ," खनालले भने। "नेपालले दशकौँदेखि उठाउँदै आएको यो विषयमा ठूलो ब्रेकथ्रू भएको छ," उनले अगाडि थपे। सम्पर्क सञ्जालको दृष्टिकोणले पनि विशेष उपलब्धि भएको मन्त्री खनालले जिकिर गरे। "दुई देशका प्रधानमन्त्रीज्यूहरूले जनकपुर-अयोध्याबीचको यात्रुवाहक रेलको भर्चुअली संयुक्त उद्‌घाटन गर्नुभएको छ," उनले भने।लामो समयपछि दुई देशले नेपालका प्रधानमन्त्रीको भ्रमणपछि संयुक्त वक्तव्य जारी गर्नुले पनि भ्रमणको महत्त्वलाई दर्शाएको परराष्ट्रमन्त्री खनालले तर्क गरे।"परराष्ट्र नीतिको महत्त्वपूर्ण पक्षका रूपमा रहेका छिमेक सम्बन्धलाई थप गतिशीलताका माध्यमबाट आर्थिक विकास र समुन्नतिका लागि सौहार्दपूर्ण वातावरण निर्माण गर्ने र छिमेकी मुलुकले हासिल गरेको उल्लेख्य विकास र समुन्नतिको समुचित लाभ लिने दिशामा यो भ्रमण कोशेढुङ्गा साबित भएको छ," उनले भने।"साथै छिमेकी मित्रराष्ट्रसँग एकअर्काका संवेदनशीलताहरू बुझ्ने तथा आपसी समन्वयमा तिनको उचित समाधान गर्दै द्विपक्षीय हितलाई प्रवर्द्धन गर्न यो भ्रमण पूर्णतः सफल भएको छ। नेपाल र नेपाली नागरिकका लागि यो ऐतिहासिक उपलब्धिका रूपमा रहिरहने छ।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ट्रम्पको दबाबपछि एनभिडियाका सीईओ जेन्सेन हुआङ पुनः पदमा
Latest NewsJust now

ट्रम्पको दबाबपछि एनभिडियाका सीईओ जेन्सेन हुआङ पुनः पदमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष दबाबपछि चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष र सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले सोमबार तत्काल... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौँ, मङ्सिर ७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबिचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक व... ...

गोरखापत्र
ईपीजी प्रतिवेदन पुरानो भयो, अब सान्दर्भिक छैन: भारतीय विदेश सचिव मिस्त्री
Latest NewsJust now

ईपीजी प्रतिवेदन पुरानो भयो, अब सान्दर्भिक छैन: भारतीय विदेश सचिव मिस्त्री

भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन पुरानो भइसकेको प्रतिक्रिया दिएका छन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको २ दिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीले तयार पारेको प्रतिवेदनबारे सोधिएको प्रश्नमा सचिव मिस्त्रीले त्यो प्रतिवेदनको कुरा अहिले सान्दर्भिक... ...

नेपालखबर
सियोलमा ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ सम्पन्न: विश्व लेखा मञ्चमा नेपालको बलियो उपस्थिति
Latest NewsJust now

सियोलमा ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ सम्पन्न: विश्व लेखा मञ्चमा नेपालको बलियो उपस्थिति

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित तीन दिने ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ साथ सम्पन्न भएको छ । इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स र कोरियन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक एकाउन्टेन्ट्सको संयुक्त आयोजनामा नोभेम्बर १७ देखि १९ सम्म चलेको विश्वस्तरीय सम्मेलनमा नेपालकोसमेत सहभागिता रहेको थियो । ‘टुगेदर फर अ कनेक्टेड टुमरो’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा विश्वभरका लेखा व्यवसायी, नियामक निकाय, सरकारी ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement