Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल बैंकको ९० औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

नेपाल बैंकको ९० औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल बैंकको ९० औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं बार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । उक्त घर कर्जा योजना अन्र्तगत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । आधार दरमा शुन्य दशमलव पाँच प्रतिशत (०.५%) प्रिमियम ब्याजदरबाट प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ बर्ष सम्म हुनेछ जसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ । यो कर्जा लिने ग्राहकले बैंकबाट रु ५ लाख सम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र लकर सुविधाको बार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यो घर कर्जा सुविधा योजनाको अवधि २०८३ कार्तिक १५ गते देखि २०८३ माघ १५ सम्म जम्मा ९० दिन सम्मका लागि रहने छ । नेपाल बैंक लिमिटेड यहि कार्तिक ३० गते सोमबार ९० औं बर्षमा प्रवेश गर्दैछ । नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालभर २३१ शाखाहरु, २५० ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्‍याईरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विनिता खड्कासहित चार जनाले कांग्रेस केन्द्रीय सदस्यमा शपथ लिन नपाउने
ताजा खबरJust now

विनिता खड्कासहित चार जनाले कांग्रेस केन्द्रीय सदस्यमा शपथ लिन नपाउने

काठमाडौँ। नेपाली कांग्रेसका विनिता खड्का, सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवले केन्द्रीय सदस्यमा शपथ लिन नपाउने भएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूलाई शपथ नगराउने निर्णय भएको कांग्रेस केन्द्रीय... ...

रातोपाटी
आफ्नो किरियाकर्म सकिएको ६ महिनापछि जब पदमबहादुर टुप्लुक्क घरमा आए...
ताजा खबरJust now

आफ्नो किरियाकर्म सकिएको ६ महिनापछि जब पदमबहादुर टुप्लुक्क घरमा आए...

सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले दागबत्ती दिए, काजकिरिया सके। दुर्घटना बीमा बापतको रकमसमेत बुझिलिए। तर, मोरङ लेटाङका ३७ वर्षीय पदमबहादुर राय जिउँदै रहेछन्। उनी अकस्मात घर आइपुगेका छन्। अन्त्यष्टि भएको ६ महिनापछि राय घर फर्किँदा परिवार, समाज र प्रहरी वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ। परिवारका लागि यो पुनर्जन्मको खुसी भए पनि यसले राज्यको अन... ...

नेपालखबर
नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन
ताजा खबरJust now

नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन

काठमाडौँ, कात्तिक १२ गते । नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन भएको छ । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान... ...

गोरखापत्र
इजरायललाई दिएको अमेरिकी समर्थनको विरोध गर्न २०२८ का राष्ट्रपतीय आकांक्षीलाई आग्रह
ताजा खबरJust now

इजरायललाई दिएको अमेरिकी समर्थनको विरोध गर्न २०२८ का राष्ट्रपतीय आकांक्षीलाई आग्रह

• पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा गाजासम्बन्धी नीतिको विरोध गर्दै १२ जना पूर्वअधिकारीहरूले डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई उक्त नीतिको निन्दा गर्न आग्रह गरेका छन्। • उनीहरूले इजरायलको सैन्य कारबाहीलाई समर्थन गर्ने व्यक्तिहरूलाई भविष्यको सरकारमा नसमावेश गर्न प्रतिबद्धता जनाउन भनेका छन्। • पूर्वअधिकारीहरूले अमेरिकी संविधानको रक्षा र गाजामा इजरायलको नरसंहारमा अमेरिकाको संलग्नता स्वीकार्नुपर्ने आवश्यकता औंल्याएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play