Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
Photo / Coverage: टक्सार

काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न नवनियुक्त अध्यक्ष थापालाई निर्देशन दिएका छन्। उनले बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि, नियमन तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल राष्ट्र बैंकमा झन्डै तीन दशक काम गरेको अनुभव भएका थापा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासनका जानकार हुन्। उनी यसअघि नेपाल राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। थापाले राष्ट्र बैंकमा वित्तीय संस्था सुपरिवेक्षण, बैंक सुपरिवेक्षण, नियमन तथा कर्पोरेट योजना विभागलगायतमा विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनले राष्ट्र बैंकको गभर्नर कार्यालयमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। बीमा क्षेत्रसँग पनि उनको अनुभव छ। उनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक तथा लगानी समितिको संयोजकका रूपमा कार्यरत थिए। त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक तथा लगानी समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका छन्। थापाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा एमफिल गरेका छन्। उनले भारतको सिंघानिया विश्वविद्यालयबाट बैंकिङ क्षेत्रमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभावसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्। उक्त विद्यावारिधि उपाधि हाल त्रिभुवन विश्वविद्यालयबाट समकक्षता मूल्यांकनको प्रक्रियामा रहेको उनको व्यक्तिगत विवरणमा उल्लेख छ। बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा लामो अनुभव हासिल गरेका थापाको नियुक्तिलाई बीमा क्षेत्रको नियामकीय नेतृत्वमा वित्तीय क्षेत्रको अनुभव उपयोग गर्ने अवसरका रूपमा हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रदेश प्रमुखसमक्ष आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस
Latest NewsJust now

प्रदेश प्रमुखसमक्ष आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस

बागमती, कात्तिक १८ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८२ र ८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको सातौँ वार्षिक प्रतिवेदन पेश ग... ...

गोरखापत्र
प्रहरी संगठनमा काखापाखा र प्रतिशोध राखिने छैन: आईजीपी केसी
Latest NewsJust now

प्रहरी संगठनमा काखापाखा र प्रतिशोध राखिने छैन: आईजीपी केसी

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीको कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्न लगाएसँगै उनले ७९ हजार ५३१ प्रहरी कर्मचारीको नेतृत्व सम्हालेका हुन्। पदभार ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालयबाट देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले संगठनमा कसैलाई काखापाखा नगरिने र कसैसँग प्रतिशोध नसाँधिने प्रतिबद्धता व्यक्त गरेका छन्। आईजीपी केसीले संगठनको गोपनीयता कायम राख्न कडा निर्देशन दिएका छन्। ...

नेपालन्युज
गगनलाई अमरेशको कटाक्ष : फेरि ‘मुखै हेर्दिनँ’को घर चहार्दै किन हिँडेको?
Latest NewsJust now

गगनलाई अमरेशको कटाक्ष : फेरि ‘मुखै हेर्दिनँ’को घर चहार्दै किन हिँडेको?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापालाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहले कटाक्षयुक्त प्रश्न गरेका छन्।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाली युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडिओ बयान भन्दै गगन थापाले कांग्रेसको आधिकारिकताका लागि १८ करोड र... ...

नेपालखबर
बैतडीमा जिप दुर्घटनाः एक महिलाको घटनास्थलमै मृत्यु, ६ जना घाइते
Latest NewsJust now

बैतडीमा जिप दुर्घटनाः एक महिलाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

गोकर्ण दयाल बैतडी, कात्तिक १८ गते । पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत बैतडीको मेलौलीमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।जिल्ला प... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play