Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेपाल प्रिमियर लिग : नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज

नेपाल प्रिमियर लिग : नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज

10/26/2026, 5:00:03 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल प्रिमियर लिग : नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज

नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटको विकास, खेल पूर्वाधारमा लगानी वृद्धि र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको क्रिकेट समर्थकहरूले बताएका छन् । एनपिएलको तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउनुका साथै नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्न सफल भएको उनीहरूको भनाइ छ । प्रतियोगितामा चर्चित विदेशी खेलाडीको सहभागिता र नयाँ प्रविधिको प्रयोगले नेपाली क्रिकेटको स्तर उकास्न सहयोग पुगेको समर्थकहरूले बताएका छन् । क्रिकेट समर्थक जगदीश जैशीले एनपिएलले नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्नुका साथै खेललाई पेसाका रूपमा अघि बढाउन प्रोत्साहन गरेको बताए । नेपाली क्रिकेटको विकासमा विभिन्न व्यक्तिको मेहनत र योगदान रहेको उनको भनाइ छ । ‘नेपालको क्रिकेट क्षेत्रले छोटो समयमा नै ठूलो फड्को मार्न सफल भएको छ । अहिले नेपाल प्रिमियर लिगको तेस्रो सिजनसम्म आइपुग्दा नयाँनयाँ प्रविधि पनि भित्रिएका छन् । विदेशी स्टार खेलाडी पनि आउनुभएको छ । यो सानो प्रयासले मात्र सफल भएको होइन । यसको पछाडि धेरै व्यक्तित्वहरूले दुःख र मेहनत गर्नुभएको छ,’ उनले भने । एनपिएलले नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा खेल क्षेत्रको योगदान बढाउनसमेत सहयोग गरिरहेको जैशीले बताए । त्यस्तै, क्रिकेट समर्थक रियान तामाङले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपाली क्रिकेटतर्फ आकर्षित गर्नु नै एनपिएलको महत्त्वपूर्ण उपलब्धि भएको बताए । विदेशी खेलाडीले नेपालमा खेलेको अनुभव सकारात्मक रूपमा अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गरे नेपाली क्रिकेटको विकास र अवसर विस्तारमा थप सहयोग पुग्ने उनको विश्वास छ । ‘एनपिएलले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान आकर्षित गरेको छ । अहिले नयाँनयाँ प्रविधि र चर्चित विदेशी खेलाडीहरूको आगमनले पनि नेपाली क्रिकेटले चर्चा पाएको छ । विदेशी खेलाडीले सकारात्मक सन्देश लिएर जानुभयो भने आगामी दिनमा नेपाली क्रिकेटमा विकास र अवसरमा समेत वृद्धि हुनेछ,’ तामाङले भने । उनले एनपिएललाई क्रिकेट प्रतियोगितामा मात्र सीमित नराखी नेपालको पर्यटन प्रवर्द्धनसँग समेत जोड्नुपर्नेमा जोड दिए । अर्का क्रिकेट समर्थक नारायण आचार्यले एनपिएलपछि खेल पूर्वाधारमा भइरहेको विकास, निजी क्षेत्रको लगानी र ग्रासरुटबाट आएका प्रतिभाले पाएका अवसरलाई नेपाली क्रिकेटको विकाससँग जोडेर हेर्नुपर्ने बताए । विदेशी स्टार खेलाडीको सहभागिताले नेपाली खेलाडीको खेल कौशल र प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुगेको उनको भनाइ छ । क्रिकेटमा निजी क्षेत्रको सहभागिता बढ्दा खेल गतिविधिसँगै आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुग्ने उनले बताए । ‘नेपाली क्रिकेटको विकासको जग हाल्ने काम नै एनपिएलले गरेको छ । एनपिएल सुरु भइसकेपछि खेल पूर्वाधारमा भइरहेको विकास र लगानी तथा ग्रासरुटबाट आएका प्रतिभाहरूले पाएको अवसरले पनि क्रिकेट क्षेत्रको विकास झल्किन्छ,’ आचार्यले भने । उनले विदेशी स्टार खेलाडीको सहभागिताले नेपाली खेलाडीको खेल कौशलमा सुधार हुनुका साथै क्रिकेटको प्रतिस्पर्धात्मक स्तर बढेको बताए । निजी क्षेत्रको बढ्दो सहभागिताले देशको आर्थिक गतिविधि चलायमान बनाउनसमेत सहयोग पुगेको उनको भनाइ छ । एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएलको तेस्रो संस्करणको भव्य सुरुवात
OthersJust now

एनपीएलको तेस्रो संस्करणको भव्य सुरुवात

नेपालको बहुप्रतीक्षित क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तानले विपक्षी टोली सुदूरपश्चिम रोयल्सलाई शुरुवाती ब्याटिङको निम्तो दिँदै पिचको फाइदा उठाउने रणनीति अख्तियार गरेका ...

पर्दाफास
एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पलेभियन फर्किए
OthersJust now

एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पलेभियन फर्किए

१३औं ओभरको खेल जारी रहँदा साविक बिजेता लुम्बिनी लायन्सले साबिक उपबिजेता सुदूरपश्चिमको ९ विकेट लिएको हो। ...

अनलाइन खबर
गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ को अवस्था गम्भीर
OthersJust now

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ को अवस्था गम्भीर

घाइतेहरूलाई अस्पताल पुर्‍याइएको र घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको डीएसपी विश्वकर्माले जानकारी दिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play