Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल प्रिमियर लिग: नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज

नेपाल प्रिमियर लिग: नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज

10/26/2026, 4:24:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल प्रिमियर लिग: नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज

काठमाडाैँ । तेस्रो संस्करणसम्म आइपुग्दा नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै उत्कृष्ट फ्रेन्चाइज क्रिकेट लिगमध्ये एक बनिसकेको छ । एनपिएलको पहिलो र दोस्रो संस्करणले पाएको सफलताले नेपाली क्रिकेटको विकास, खेल पूर्वाधारमा लगानी बढ्नुका साथै आर्थिक गतिविधिको विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याएको छ । नेपाल प्रिमियर लिगले नै नेपाली क्रिकेटको जग बलियो बनाउन महत्वपूर्ण सहयोग गरेका खेल समर्थकहरुको अनुभव छ । लिगमा चर्चित विदेशी खेलाडीहरुको सहभागिता र नयाँ प्रविधिको प्रयोगले नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउनुका साथै खेलको निष्पक्षतामाथि समेत महत्वपूर्ण सहयोग गरिरहेको उनीहरूको भनाइ छ । क्रिकेट समर्थक जगदीश जैशीले एनपिएलले नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्नुका साथै मुलुकको समग्र खेल क्षेत्रको विकासमा समेत सहयोग गरिरहेको बताए । उनले एनपिएलले नयाँ पुस्तालाई क्रिकेट खेललाई पेसाकै रुपमा अगाडि बढाउन प्रोत्साहन गरेको पनि उल्लेख गरे। उहाँले एनपिएल र नेपाली क्रिकेट क्षेत्रको विकासमा विभिन्न व्यक्तिको मेहनत र योगदान रहेको बताए । उनले भने, “नेपालको क्रिकेट क्षेत्रले छोटो समयमा नै ठूलो फाड्को मार्न सफल भएको छ । अहिले नेपाल प्रिमियर लिगको तेस्रो सिजनसम्म आइपुग्दा नयाँ नयाँ प्रविधिहरु पनि भित्रिएका छन् । विदेशी स्टार प्लेयर पनि आउनुभएको छ । यो सानो प्रयासले मात्र सफल भएको होइन । यसको पछाडि धेरै व्यक्तित्वहरुले दुःख र मेहेनत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्नुका साथै मुलुकको आर्थिक क्षेत्रमा खेल क्षेत्रको योगदान समेत वृद्धि गरिरहेको छ ।” क्रिकेट समर्थक रियान तामाङले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपाली क्रिकेटतर्फ आकर्षित गर्नु नै एनपिएलको सफलता भएको बताए । उनले विदेशी खेलाडीले नेपालमा खेलेको अनुभव सकारात्मक रूपमा अन्तर्राष्ट्रियस्तरमा प्रश्तुत गरे नेपाली क्रिकेटको विकास र अवसर विस्तारमा सहयोग अझै सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । उनले एनपिएललाई क्रिकेट प्रतियोगिताको रुपमा मात्र नभई नेपालको पर्यटन क्षेत्रलाई समेत समानान्तर रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “एनपिएलले अन्तर्राष्ट्रिय समूदायको समेत ध्यान आकर्षित गरेको छ । अहिले नयाँ नयाँ प्रविधि र चर्चित विदेशी खेलाडीहरुको आगमनले पनि नेपाली क्रिकेटले चर्चा पाएको छ । विदेशी खेलाडीले सकारात्मक सन्देश लिएर जानुभयो भने अगामी दिनमा नेपाली क्रिकेटमा विकास र अवसरमा समेत वृद्धि हुनेछ ।” अर्का क्रिकेट समर्थक नारायण आचार्यले एनपिएलपछि खेल पूर्वाधारमा भइरहेको विकास, निजी क्षेत्रको लगानी र ग्रासरुटबाट आएका प्रतिभाले पाएका अवसरलाई नेपाली क्रिकेटको विकाससँग जोडेर हेर्नुपर्नेमा जोड दिए। विदेशी स्टार खेलाडीको सहभागिताले नेपाली खेलाडीको खेल कौशल र प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धिमा सहयोग पुगिरहेको उनको भनाइ छ । उनले क्रिकेटमा निजी क्षेत्रको सहभागिता बढ्दा खेल गतिविधिसँगै मुलुकको आर्थिक तथा पयर्टन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपाली क्रिकेटको विकासको जग हाल्ने काम नै एनपिएलले गरेको छ । एनपिएल शुरु भइसकेपछि खेल पूर्वाधारमा भइरहेको विकास र लगानी तथा ग्रासरुटबाट आएका प्रतिभाहरुले पाएको अवसरले पनि क्रिकेट क्षेत्रको विकास झल्किन्छ । विदेशका स्टार खेलाडी आएर हाम्रो लिगमा खेल्ने कुराले नै हाम्रो खेलको स्तर बढेको हो भन्ने बुझ्नुपर्छ । यसले हाम्रो खेलाडीको खैल कौसलमा समेत गुणस्तर बढेको छ । पछिल्लो समय क्रिकेट क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढेको कारण देशको आर्थिक क्षेत्र नै चलायमान हुन पाएको छ जस्तो मलाई लाग्छ ।” एनपिएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सोमवार डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

‘अर्नब’ चक्रवात ‘अति शक्तिशाली’ हुने सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको ८ बुँदे सुझाव
ताजा खबरJust now

‘अर्नब’ चक्रवात ‘अति शक्तिशाली’ हुने सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको ८ बुँदे सुझाव

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्नब’ चक्रवात अति शक्तिशाली हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागबाट आज जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना छ।  प्राधिकरणका अनुसा... ...

नेपालखबर
ठूलो पर्दामा एनपीएल हेर्न विराटनगरको पुरानो गुद्रीमा क्रिकेटप्रेमीको भीड (फोटो फिचर)
ताजा खबरJust now

ठूलो पर्दामा एनपीएल हेर्न विराटनगरको पुरानो गुद्रीमा क्रिकेटप्रेमीको भीड (फोटो फिचर)

विराटनगर। विराटनगरको पुरानो गुद्रीस्थित खाली मैदानमा ठूलो पर्दामार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण हेर्न क्रिकेटप्रेमीको भीड लागेको छ। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत सोमबारदेखि सुरु भएको खेल हेर्न सर्वसाधारण मैदानमा भेला भएका हुन्। उद्घाटन खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको प्रत्यक्ष प्रसारण ठूलो पर्दामा हेर्न पुगेका दर्शकले सामूहिक रूपमा खेलको आनन्द लिइरहेका छन्। क्रिकेटप्रेमीलाई सार्वजनिक ...

नेपालन्युज
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
ताजा खबरJust now

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

पाेखरा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र... ...

रातोपाटी
गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते
ताजा खबरJust now

गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी– गुल्मीको कालीगण्डकी गाउँपालिका- २ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका- २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका- १० का ६० वर्षीय ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play