नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत हुँदै, केही सेवा ९ घण्टा अवरुद्ध हुने

नेपाल टेलिकमले बिलिङ प्रणालीको नियमित मर्मतसम्भार गर्ने भएकाले भोलि ११ गते बिहान १२:३० बजेदेखि करिब ९ घण्टासम्म केही सेवा अवरुद्ध हुन सक्ने जनाएको छ। टेलिकमले आज एक सूचना जारी गर्दै यसबारे सम्बद्ध सबैलाई जानकारी दिएको हो। कम्पनीका अनुसार उक्त अवधिमा प्याकेज सब्सक्रिप्सन, क्वेरी तथा एमपीओएस रिचार्ज सेवा प्रभावित हुन सक्नेछन्। मर्मतसम्भार अवधिमा उल्लेखित सेवाबाहेक अन्य सेवा भने नियमित रूपमा सञ्चालन हुने टेलिकमले जनाएको छ। सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति टेलिकमले क्षमायाचना गरेको छ। The post नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत हुँदै, केही सेवा ९ घण्टा अवरुद्ध हुने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति
बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्। हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ। हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ। अमेरिकी डलरमा आधारित ...

एनपीएल क्रिकेट: कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो
१० कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) तेस्रो संस्करण अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै महत्त्वपूर्ण जित हात पारेको छ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ। जितका लागि पाएकाे १३३ रनकाे लक्ष्य पछ्याएकाे जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्याे। जसमा […] The ...

Royal Enfield Classic 350 जित्ने अवसर: इनड्राइभको प्लाटिनम गिभअवे क्याम्पेन सुरु
१० कात्तिक, काठमाडौं। इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभर पार्टनर्सलाई रोयल इन्फिल्डदेखि इ– स्कुटरसम्म जित्ने अवसर चार हप्तासम्म सञ्चालन हुने क्याम्पेनमा साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर, बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनर्सहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘‘इनड्राइभ प्लाटिनम […] The post Royal Enfield ...

भारतमा डाटा गोपनीयतासम्बन्धी नयाँ नियमलाई सर्वोच्च अदालतमा चुनौती
भारतका समाचार प्रकाशकहरूले डाटा गोपनीयतासम्बन्धी नयाँ नियमले प्रेस स्वतन्त्रता र खोजमूलक पत्रकारितालाई कमजोर पार्ने भन्दै चुनौती दिएपछि सर्वोच्च अदालतले मङ्गलबार सरकारसँग जवाफ मागेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले व्यक्तिगत डाटा संरक्षणसम्बन्धी कानुन कार्यान्वयन गर्न गत वर्ष नयाँ नियम ल्याएको थियो। तर, आलोचकहरूले नियमको दायरा फराकिलो भएकाले जनहितमा गरिने पत्रकारिता प्रभावित हुन सक्ने बताएका छन्। भारतका प्रमुख समाचार संस्थाहरूको प्रतिनिधित्व गर्ने डिजिटल ...


