Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

नेपाली स्टार्टअपका नवीन प्रविधि र उत्पादन प्रस्तुत गर्दै सातौँ स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली स्टार्टअपका नवीन प्रविधि र उत्पादन प्रस्तुत गर्दै सातौँ स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न
Photo / Coverage: टेक्नोलोजी खबर

सातौँ संस्करणको स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको फेस्टमा सातै प्रदेशका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाले आफ्ना उत्पादन, सेवा र प्रविधि प्रदर्शनीमा राखेका थिए। आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले मंसिर ३ र ४ गते काठमाडौंमा फेस्ट आयोजना गरेको हो। फेस्टमा सफ्टवेयर, मोबाइल एप्लिकेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स, ड्रोन तथा एयरोस्पेसलगायतका क्षेत्रमा नेपाली युवा तथा उद्यमीले विकास गरेका नवीन उत्पादन र प्रविधि प्रदर्शनीमा राखिएका थिए। अवलोकनकर्ताले नयाँ प्रविधि, व्यावसायिक अवधारणा तथा स्थानीय समस्या समाधानका लागि विकास गरिएका नवीनतम उपायबारे प्रत्यक्ष जानकारी लिएका आयोजकले बताएको छ। फेस्टको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुधन झा रहेका थिए । उनले स्टार्टअप सुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई सफल बनाउन निरन्तर मेहनत, स्पष्ट सोच र अनुशासन आवश्यक पर्ने बताए । अहिलेको युवा पुस्ता नयाँ काम गर्न र उद्यमशीलतामा अघि बढ्न बढी उत्साही रहेको उल्लेख गर्दै उनले युवामा रहेको ऊर्जा र सक्रियतालाई सही दिशामा उपयोग गर्न सके नयाँ सम्भावना सिर्जना हुने धारणा राखे । उद्घाटन समारोहमा आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले आइसिटी अवार्डको सुरुवात पनि आइसिटी फेस्टबाटै भएको स्मरण गर्दै ११ वर्षको अवधिमा यो अभियान विभिन्न विधामा अवार्ड प्रदान गर्ने बृहत् कार्यक्रमका रूपमा विकास भएको बताए । नेपाली प्रविधि, नवप्रवर्तन र स्टार्टअपलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित काम भइरहेको उनको भनाइ थियो। फेस्टको पहिलो दिन एफवान सफ्टका निर्देशक सुवास शर्माले ‘बिल्डिङ द नेक्स्ट जेनेरेसन अफ स्टार्टअप्स’ विषयमा मुख्य वक्ताका रूपमा प्रस्तुति दिएका थिए। उनले स्टार्टअपका नयाँ सम्भावना, नवप्रवर्तन, उद्यमशीलताको विकास तथा प्रविधिमा आधारित व्यवसाय निर्माणका अवसरबारे चर्चा गरेका थिए। यसै अवसरमा नेपालमै विकसित एआई कोड एडिटर ‘एस्ट्राकोड’ सार्वजनिक गरिएको थियो। एस्ट्राकोडको मुख्य विशेषता यसको एआई एजेन्ट हो, जसले डेभलपरले सामान्य भाषामा दिएको निर्देशनअनुसार सुरुदेखि अन्त्यसम्म काम गर्न सक्छ। यसले सफ्टवेयर विकास प्रक्रियामा एआईको प्रयोग र नेपाली प्रविधि क्षेत्रको नवीन प्रयासलाई प्रस्तुत गरेको थियो। स्टार्टअप कन्भर्सेसन्स २०२६ अन्तर्गत ‘फ्रम पोलिसी टु क्यापिटल’ विषयमा विशेष प्यानल छलफलसमेत आयोजना गरिएको थियो। फेस्टको पहिलो दिन एआई, साइबर सुरक्षा तथा फ्रन्टियर टेक्नोलोजीसम्बन्धी सिकाइ सत्र पनि सञ्चालन गरिएको थियो । ‘एआई, साइबर सेक्युरिटी एन्ड फ्रन्टियर टेक फर स्टार्टअप्स’ विषयक सत्रमा रोस्टर लजिकका निर्देशक प्रवीणराज जोशीले प्रस्तुति दिएका थिए । उनले स्टार्टअपमा एआई तथा नयाँ प्रविधिको उपयोग, डिजिटल सुरक्षाको महत्त्व र प्रविधिमार्फत व्यवसायमा सिर्जना गर्न सकिने सम्भावनाबारे जानकारी दिएका थिए । त्यस्तै, ‘नन-डेभ टिप्स फर बिल्डिङ सफ्टवेयर विथ एआई’ शीर्षकको अर्को सत्रमा इन्नोभेसन लिपफ्रग टेक्नोलोजी इंकका निर्देशक अङ्कुर शर्माले प्रस्तुति दिएका थिए। सत्रमा प्राविधिक पृष्ठभूमि नभएका व्यक्तिले पनि एआई टुलको सहयोगमा सफ्टवेयर निर्माण गर्न सक्ने सम्भावना, नयाँ आइडियालाई डिजिटल उत्पादनमा रूपान्तरण गर्ने तरिका तथा सफ्टवेयर विकास प्रक्रियामा एआईको उपयोगबारे चर्चा गरिएको थियो। फेस्टको दोस्रो दिन अन्तरिक्ष प्रविधि र एआईको सम्भावनाबारे विशेष सिकाइ सत्र आयोजना गरिएको थियो। स्पेस रिसर्च सेन्टर, नास्टका एस्ट्रोफिजिसिस्ट डा. रमेश कोइरालाले प्रस्तुति दिँदै अन्तरिक्ष प्रविधिको विकास, एआईको बढ्दो प्रयोग र यी क्षेत्रमा नेपालले खोज्न सक्ने सम्भावनाबारे चर्चा गरेका थिए । प्रविधिको तीव्र विकाससँगै अन्तरिक्ष अनुसन्धान र एआईले सिर्जना गरेका नयाँ अवसर तथा सम्भावनाबारे सहभागीलाई जानकारी गराइएको थियो । फेस्टमा आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन तथा सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टसमेत सहभागी थिए । उनीहरूले आफ्ना परियोजना तथा उत्पादन प्रदर्शनीमा प्रस्तुत गरेका थिए । अवलोकनकर्ताले परियोजनाको अवलोकन गर्नुका साथै आफूलाई मन परेका परियोजनालाई भोट गर्ने अवसरसमेत पाएका थिए । आयोजकका अनुसार फेस्टको मुख्य उद्देश्य नेपाली स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्नु, स्वदेशमै विकास भएका उत्पादन र प्रविधिलाई पहिचान तथा प्रवर्द्धन गर्नु र स्टार्टअपलाई बजार, लगानीकर्ता तथा सम्भावित व्यावसायिक साझेदारसँग जोड्नु रहेको छ। The post नेपाली स्टार्टअपका नवीन प्रविधि र उत्पादन प्रस्तुत गर्दै सातौँ स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Countries open path towards ‘killer robots’ pact
TechnologyJust now

Countries open path towards ‘killer robots’ pact

Countries agreed on Saturday to open a path towards finding an international agreement on regulating lethal autonomous weapons systems, though campaigners seeking to stop so-called killer robots were disappointed by the “watered-down” outcome. After five days of gruelling talks at the United Nations, which ran into overtime, states agreed to open the door to building some form of pact over the ...

टेक्नोलोजी खबर
Anthropic falls more than nine percent day after record IPO
TechnologyJust now

Anthropic falls more than nine percent day after record IPO

Shares in Anthropic fell 9.5 percent in early trading Friday as the artificial intelligence company announced it had pocketed about $91.6 billion from its record-breaking initial public offering. The stock was changing hands at around $88 shortly after the opening bell in New York, down from Thursday’s closing price of $97.17 but still above the $83 at which shares were priced ...

टेक्नोलोजी खबर
National Hackathon begins in Sudurpaschim University
TechnologyJust now

National Hackathon begins in Sudurpaschim University

A national-level hackathon competition has commenced at Sudurpaschim University in Mahendranagar. A total of ten teams from four different universities are competing in the event. The competitive event involves programmers, designers, and experts collaborating within a set, short timeframe to develop a solution to a problem or create a prototype using software, applications, or other technologies. According to Jelina Bhatta, president of ...

टेक्नोलोजी खबर
जापानी प्रविधि भित्र्याउने र नेपालमा लगानी विस्तार गर्ने विषयमा उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल
TechnologyJust now

जापानी प्रविधि भित्र्याउने र नेपालमा लगानी विस्तार गर्ने विषयमा उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय इन्जिनियर दीपक कुमार साह र नेपालका लागि जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। विशेषगरी जापानको उन्नत प्रविधि नेपालमा भित्र्याउने, नेपाली उद्योगको आधुनिकीकरण तथा उत्पादन क्षमता अभिवृद्धि गर्ने र नेपालमा जापानी लगानी विस्तार गर्ने सम्भावनाबारे छलफल केन्द्रित रहेको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play