नेपाली संस्कृतिमा रमाए विदेशी पर्यटक, लगाए दसैँको टीका

चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपाली संस्कृति र परम्पराको अनुभव गर्दै बडादसैँ मनाएका छन् । विभिन्न होटलमा आयोजित कार्यक्रममा ३५ जनाभन्दा बढी विदेशी पर्यटकले टीका र जमरा लगाएर दसैँको खुसी साटेका हुन् । होटल ग्रिन पार्क, होटल पार्क साइड, राइनो लज एन्ड होटल तथा होटल रोयल टुलिपले पर्यटकलाई टीका र जमरा लगाइदिएर दसैँ मनाउने अवसर प्रदान गरेका थिए । अमेरिका, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड र नेदरल्यान्ड्सलगायत देशबाट आएका पर्यटक नेपाली परम्परामा सहभागी हुँदा उत्साहित देखिएका थिए । होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्र...
Read Complete Original Article
Published originally on फरकधार
Related News

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण
भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यस वर्ष जीवित देवी कुमारीको दर्शन र उनको हातबाट टीका ग्रहण गर्ने परम्पराले पुनः निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व बोकेको कुमारी दर्शन गराउने परम्परा आजदेखि पुनः सुरु भएको हो । मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई यस वर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । ...

राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले लगाए दशैँको टीका, कोजाग्रत पूर्णिमासम्म टीका लगाउने क्रम जारी रहने
काठमाडौं, कात्तिक ४ । नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज विजयादशमीका दिन राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिएका छन्। आफूभन्दा ठुलाबडाबाट टीका लगाएर आशीर्वाद लिने र आफूभन्दा सानालाई टीका लगाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने क्रम देशभर जारी छ। यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको थियो। उक्त ...

कतै दसैँको रौनक, कतै शोकको सन्नाटा
आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । कतै पिङको मच्चाइ छ । धेरैका लागि दसैँ उमङ्ग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ । गाउँबस्ती र सहरका टोलटोलमा दसैँका गीत ...

बाँकेको जानकी गाउँपालिकामा आगलागी हुँदा सात घर जलेर नष्ट
बाँके, कात्तिक ४ । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भई आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। आगलागी नियन्त्रणका लागि ...


