Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं।नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ गर्ल्स टी–२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन्। यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ। उक्त शृङ्लामा नेपाल यु–१९ महिला टोलीका साथै भारत यु–१९ महिला ‘ए’ र भारत यु–१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना
ताजा खबरJust now

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

क्यालिफोर्निया।अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ। हाल कायम कीर्तिमान भन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ। रोड आइल्यान्डको ग्रीनका उत्पादक रोन वालेसले न्यु इङ्गल्यान्डमा आयोजित प्रतियोगितामा आफ्नो फर्सीको तौल गराएका ...

नेपालन्युज
बिनाकारण लामो समय शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्नु मानसिक ‘क्रूरता’ !
ताजा खबरJust now

बिनाकारण लामो समय शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्नु मानसिक ‘क्रूरता’ !

काठमाडौं । वैवाहिक जीवनमा कुनै वैध कारणबिना लामो समयसम्म शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्नु मानसिक क्रूरताको आधार बन्न सक्ने राजस्थान उच्च अदालतले ठहर गरेको छ । हिन्दु विवाह ऐन, १९५५ अन्तर्गत सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा अदालतले यस्तो व्याख्या गर्दै पारिवारिक अदालतको निर्णयलाई सदर गरेको हो । न्यायाधीश मुन्नुरी लक्ष्मण र न्यायाधीश योगेन्द्र कुमार पुरोहित सम्मिलित संयुक्त इजलासले सम्बन्धविच्छेदको फैसला बदर गर्न माग गर्दै ...

केन्द्रबिन्दु
दशैं मनाएर काठमाडौं फर्किने बढे, उपत्यका प्रवेश नाकामा चाप
ताजा खबरJust now

दशैं मनाएर काठमाडौं फर्किने बढे, उपत्यका प्रवेश नाकामा चाप

• दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेपछि प्रमुख नाकाहरूमा सवारी चाप बढेको छ। • ट्राफिक प्रहरीले यात्रुको आवागमन सहज बनाउन र सवारी चाप व्यवस्थापन गर्न सक्रियता बढाएको छ। • यस वर्षको दशैंमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए। ...

नेपालबहस
माछापुच्छ्रे बैंकको रोकिएका बैंकिङ सेवा सञ्चालनमा
ताजा खबरJust now

माछापुच्छ्रे बैंकको रोकिएका बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन्। सिस्टम अपडेटका लागि रोकिएका ती सेवाहरू आवश्यक प्राविधिक कार्य सम्पन्न भएसँगै पुनः सुचारु भएका हुन्। बैंकले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play