नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यु-१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी-२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु-१९ गल्र्स टी-२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ । उक्त शृङ्खलामा नेपाल यु-१९ महिला टोलीका साथै भारत यु-१९ महिला ‘ए’ र भारत यु-१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने
छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। ...

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी
काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ । एक महिने मेला यही कात्तिक ९ गतेदेखि सुरु हुनेछ । मेलाको तयारीका लागि कीर्तिपुर नगरपालिका–६ स्थित मन्दिरमा सरसफाइलगायत कार्य सुरु भएको छ । मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घ–संस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रमा सरसफाइ गरिएको हो । अहिले मन्दिरलाई सिँगारिएर ...

झापामा चर्को आवाजमा डिजे बजाउन रोक, साम्प्रदायिक सद्भाव भड्काए कडा कारबाही हुने
जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्याली, शोभायात्रा र मूर्ति विसर्जन जस्ता कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै प्रशासनको निर्देशन अटेरी गरी चर्को आवाजमा डिजे बजाइएको पाइएमा ...



