नेपाली नृत्यमा स्वजन रघुवंशीले हासिल गरे विद्यावारिधि

काठमाडौं । क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष स्वजन रघुवंशीले नेपाली नृत्य विधामा विद्यावारिधि हासिल गरेका छन्। ललितपुर निवासी रघुवंशीले भारतको छत्तीसगढस्थित खेरागढको राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन्। उपलब्ध विवरणअनुसार, नृत्य विषयमा विद्यावारिधि हासिल गर्ने रघुवंशी पहिलो नेपाली हुन्। उनले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण तथा प्रस्तुति दिँदै आएका छन्। विद्यावारिधि गर्नुअघि रघुवंशीले काठमाडौंको लाजिम्पाटस्थित सृजना कलेज अफ फाइन आट्र्सबाट नृत्य विषयमा स्नातक गरेका थिए। त्यसपछि भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भरतनाट्यम नृत्यमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए। नेपाली नृत्यको अध्ययन, प्रशिक्षण र प्रस्तुतिमा सक्रिय रघुवंशीको विद्यावारिधिले नृत्य विधामा उनको शैक्षिक यात्रालाई थप उचाइ दिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छिन् । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र लालपुर्जा वितरण प्रक्रियाबारे छलफल गर्न तथा उनीहरूका गुनासा सुन्न चितवन आएकी मन्त्री रावलले आज भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक ...

लुम्बिनीमा नियुक्तिपछि उठेका प्रश्नबीच आनीको जवाफ, ‘यही देशमा मर्न पाऊँ भन्ने सोचेर बसेकी हुँ’
काठमाण्डु- लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि नागरिकता र नियुक्ति प्रक्रियालाई लिएर विवादमा तानिएकी गायिका तथा भिक्षुणी आनी छोइङ डोल्माले आफू आरोपबाट विचलित नभएको बताएकी छन्। उनले आफूले नेपालमै बसेर धर्म र कर्म गर्ने तथा देशको सेवा गर्ने सोच राखेको उल्लेख गर्दै जिम्मेवारी पूरा गर्न आफूलाई साथ र सहयोग गर्न आग्रह गरेकी छन्। सोमबार फेसबुकमार्फत […] ...

फङ्फङदेन झरना पर्यटन मेलाको तयारी
ताप्लेजुङ समाचारदाताताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको तयारी गरिएको छ । पर्यटन प्रवर्धन तथा विकासमा टेवा दिने... ...

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
चितवन। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छन्। भूमिहीन, सुकुमवासी तथा... ...


