Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

नेपाली उद्योगको गुणस्तर र निर्यात प्रवर्द्धन गर्न नेपाल प्रत्यायन केन्द्र स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली उद्योगको गुणस्तर र निर्यात प्रवर्द्धन गर्न नेपाल प्रत्यायन केन्द्र स्थापना
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले नेपालको औद्योगिक विकास, उत्पादनको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्घाटन गरेका हुन् । केन्द्रको सञ्चालनले उद्योगको उत्पादन लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने काममा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय तथा सुरक्षित वस्तु र सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार केन्द्र सञ्चालनमा आएसँगै प्रयोगशाला, चिकित्सकीय प्रयोगशाला, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्न सक्ने आधार तयार भएको छ । यसबाट उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणमा लाग्ने समय तथा खर्च घट्नुका साथै उत्पादनको गुणस्तर सुधार गर्न र विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ । केन्द्रको स्थापनाले खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री तथा विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ । यसले वस्तु तथा सेवाको गुणस्तरप्रति उपभोक्ताको भरोसा बढाउनुका साथै आम नागरिकको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा समेत योगदान पुर्‍याउनेछ । त्यस्तै, नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गर्न पनि केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ । यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तर्राष्ट्रिय बजारमा विश्वास बढ्ने र निर्यातकर्ताले बेहोर्नुपर्ने लागत तथा प्रक्रियागत झन्झट घट्ने अपेक्षा गरिएको छ । नागरिकले सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने, उद्योगीले अनावश्यक खर्च र प्रक्रियागत झन्झटबाट मुक्ति पाउने तथा नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान हासिल गर्ने लक्ष्यसहित केन्द्र स्थापना गरिएको मन्त्रालयले जनाएको छ । The post नेपाली उद्योगको गुणस्तर र निर्यात प्रवर्द्धन गर्न नेपाल प्रत्यायन केन्द्र स्थापना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आयकर ऐनका प्रावधान हटाए ग्यास उद्योग गाभ्न तयार  छौँ : सङ्घ
Latest NewsJust now

आयकर ऐनका प्रावधान हटाए ग्यास उद्योग गाभ्न तयार  छौँ : सङ्घ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले आयकर ऐनका केही प्रावधान लागू नहुने व्यवस्था भए अधिकांश ग्यास उद्योग एक आपसमा गाभिन सक्ने जनाएको छ । सङ्घले बिहीबार नेपाल आयल निगमलाई पत्र... ...

रातोपाटी
आईजीपी फेरबदल प्रकरणले रास्वपा संसदीय दलको बैठक प्रभावित
Latest NewsJust now

आईजीपी फेरबदल प्रकरणले रास्वपा संसदीय दलको बैठक प्रभावित

काठमाडौँ । पार्टीलाई जानकारी नदिई सरकारले प्रहरी नेतृत्व परिवर्तन गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक प्रभावित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक... ...

रातोपाटी
ममताको हत्या अभियोगमा नरेशको बयान : शारीरिक हिंसा गरेको छैन, भावनात्मक तनाव दिएको हुँ
Latest NewsJust now

ममताको हत्या अभियोगमा नरेशको बयान : शारीरिक हिंसा गरेको छैन, भावनात्मक तनाव दिएको हुँ

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले आफूमाथि लागेको घरेलु हिंसाको आरोप अस्वीकार गरेका छन् । अदालतमा आफ्नै बचाउमा बयान दिँदै उनले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका हुन् । अदालतमा न्यायाधीशसमक्ष बयान दिने क्रममा नरेशले ममतासँगको वैवाहिक सम्बन्ध बिग्रँदै गएको भने स्वीकार गरेका छन् । तर, आफूले ममतालाई कुटपिट नगरेको उनको ...

फरकधार
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी
Latest NewsJust now

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी

जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी थालिएको छ।  यसैक्रममा जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बगीको भारतीय रेल चलाइएको छ। नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play