काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सले खराब सुरुवात गर्दै संघर्षपूर्ण प्रदर्शन जारी राखेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा ओर्लिएको लुम्बिनीले पहिलो १० ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ५६ रन बनाएको छ। खेलको पहिलो ओभरको पहिलो बलमै खाता नखोलिकन डार्सी सर्टलाई गुमाएको लुम्बिनीका लागि त्यसपछि आशिफ शेख र निरोशन डिकवेल्लाले पारी सम्हाल्ने प्रयास गरेका थिए। आशिफ शेखले २१ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाएर आउट भए भने निरोशन डिकवेल्लाले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनको योगदान दिए। १० ओभरको खेल सकिँदा कप्तान रोहित पौडेल ८ बलमा ६ रन र दिलीप नाथ ३ बलमा १ रन बनाएर क्रिजमा अविजित रहेका छन्। जनकपुरका लागि ललित राजवंशी, हरमीत सिंह र विशाल सुस्लिङले समान १-१ विकेट लिएका छन्।
जनकपुरविरुद्ध लुम्बिनीको संघर्षपूर्ण ब्याटिङ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_CtEpYGPjdK.webp)



