काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि युरोपेली सङ्घ (इयु) का राजदूत चार्ल्स ह्वाइटलीबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल–युरोप व्यापार तथा आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपाली उत्पादनको निर्यात प्रवर्द्धन, युरोपेली बजारमा नेपाली वस्तुको पहुँच विस्तार, लगानी आकर्षण तथा निर्यातका नयाँ सम्भावना पहिचान गर्ने विषयमा छलफल भएको थियो। नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई युरोपेली बजारसँग जोड्दै द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा दुवै पक्षले जोड दिएका थिए।
नेपाली उत्पादनको युरोपेली बजारमा पहुँच विस्तारबारे छलफल

Read Complete Original Article
Published originally on नेपालन्युज






