Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नेपाली अनुसन्धानकर्ता प्रधानलाई बेलायतमा प्रतिष्ठित फेलोसिप

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली अनुसन्धानकर्ता प्रधानलाई बेलायतमा प्रतिष्ठित फेलोसिप
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपालकी अनुसन्धानकर्ता डा. रोजी प्रधान श्रेष्ठले ५ करोड २५ लाख रुपैयाँ राशीको प्रतिष्ठित ‘ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय अनुसन्धान फेलोसिप २०२६’ प्राप्त गरेकी छन्। उक्त फेलोसिपअन्तर्गत दुई वर्षे अनुसन्धान परियोजना सञ्चालनका लागि अनुदान स्वीकृत भएको छ। बेलायतको लफबरो विश्वविद्यालयमा सञ्चालन हुने अनुसन्धान परियोजनाका लागि २ लाख ५५ हजार ८८४.७३ बेलायती पाउन्ड अनुदान स्वीकृतसँगै डा. प्रधानले उक्त प्रतिष्ठित फेलोसिप प्राप्त गर्ने आफू पहिलो नेपाली अनुसन्धानकर्ता रहेको दाबी गरेकी छिन्। यो अनुसन्धान सफल भएपछि नेपालले प्रधानबाट ऊर्जा, गरिबी न्यूनीकरणमा सहयोग लिन सक्छ। ‘इनर्जी प्रिक्यारिटी एट द मार्जिन्स : इन्टरसेक्सनल पर्सपेक्टिभ्स अन एज, जेन्डर एन्ड माइग्रेसन इन द युकेज नेट जिरो ट्रान्जिसन’ शीर्षकको उनको अनुसन्धानले बेलायतको शून्य कार्बन उत्सर्जनतर्फको ऊर्जा रूपान्तरणले सीमान्तकृत समुदायमा पार्ने प्रभावको अध्ययन गर्नेछ। विशेष गरी उमेर, लैङ्गिकता र आप्रवासनका कारण ऊर्जा पहुच तथा उपयोगमा देखिने असमानता र त्यसले पार्ने सामाजिक प्रभावलाई अनुसन्धानले समेट्नेछ। “जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल रहेको छ, मेरो अनुसन्धानसँगै नेपालको जोखिमको अन्तर्राष्ट्रिय फोरममा वकालत गर्ने अवसर मिल्छ,” उनी भन्छिन्। ऊर्जा तथा जलवायु नीतिमा पर्याप्त प्रतिनिधित्व नपाएको समुदायको अनुभव र आवश्यकतालाई नीतिमा कसरी समेट्न सकिन्छ भन्ने विषयमा समेत अध्ययन केन्द्रित हुनेछ। अनुसन्धानबाट प्राप्त निष्कर्षले समावेशी र न्यायपूर्ण ऊर्जा रूपान्तरणसम्बन्धी नीतिगत बहसमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। परियोजनाका निष्कर्ष शैक्षिक प्रकाशन, नीतिगत बहस तथा अनुसन्धान प्रतिवेदनमार्फत सार्वजनिक गरिने जनाइएको छ। ब्रिटिश एकेडेमी बेलायतको मानविकी तथा सामाजिक विज्ञान क्षेत्रको राष्ट्रिय प्रतिष्ठित शैक्षिक संस्था हो। सन् १९०२ मा स्थापना भएको यस संस्थाले एक सय २० वर्षभन्दा लामो समयदेखि अनुसन्धान, प्राज्ञिक उत्कृष्टता र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा काम गर्दै आएको छ। यसले रोयल सोसाइटीसगको सहकार्यमा अन्तर्राष्ट्रिय फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ। फेलोसिपसँगै डा. प्रधान श्रेष्ठले बेलायतको ग्लोबल ट्यालेन्ट भिसा समेत प्राप्त गरेकी छन्। यो अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वका लागि उपलब्ध विशेष आप्रवासन मार्ग हो। स्नातकोत्तरमा पूर्वाञ्चल विश्वविद्यालयबाट गोल्डमेडल प्राप्त डा. प्रधानले सन् २०२३ मा थाइल्यान्डस्थित प्रिन्स अफ सोङ्खला विश्वविद्यालयबाट दिगो ऊर्जा व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी हुन्। उनले यसअघि युरोपेली आयोगको अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रम होराइजन युरोपअन्तर्गत सन् २०२५ मा मेरी स्क्लोडोस्का क्युरी पोस्टडक्टोरल फेलोसिप सिल अफ एक्सिलेन्स समेत प्राप्त गरेकी थिइन्। ऊर्जा गरिबी, लैङ्गिक समानता, समावेशी ऊर्जा रूपान्तरण र दिगो विकास उनका अनुसन्धानका प्रमुख क्षेत्र हुन्। उनका अनुसन्धानमूलक लेखहरू इनर्जी रिसर्च एन्ड सोसल साइन्स, इनर्जी पोलिसी तथा इन्टरनेसनल जर्नल अफ डिजास्टर रिस्क रिडक्सनलगायत अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), एसियाली विकास बैंक (एडीबी), एनर्जिया, एसएनभी नेपाल तथा फिन चर्च एडसँग सम्बन्धित अनुसन्धान तथा परामर्श कार्यमा समेत योगदान पुर्‍याएकी छन्। बेलायतमा आधारित अनुसन्धानबाट प्राप्त ज्ञान, विधि र निष्कर्षले नेपाललगायत विकासोन्मुख देशमा ऊर्जा गरिबी, सामाजिक समावेशिता र न्यायपूर्ण ऊर्जा रूपान्तरणसम्बन्धी अनुसन्धान तथा नीतिगत बहसलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। श्रेष्ठले उपलब्धि आफ्नो मात्रै नभएर देशकै लागि भएको बताइन्। उनले सन् २०२६ डिसेम्बरदेखि २०२८ नोभेम्बरसम्म प्रमुख अनुसन्धानकर्ता तथा ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय फेलोका रूपमा बेलायतमै रहेर परियोजनाको नेतृत्व गर्ने छिन्। अनुसन्धानका लागि बेलायत उड्ने तयारीमा रहेको श्रेष्ठ बताउँछिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानी राजदूतद्वारा सुदूरपश्चिमका प्रशिक्षक मिसबाहलाई रात्रिभोज
Latest NewsJust now

पाकिस्तानी राजदूतद्वारा सुदूरपश्चिमका प्रशिक्षक मिसबाहलाई रात्रिभोज

काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक रहेका पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई रात्रिभोज दिएका छन् । ... ...

रातोपाटी
मंसिरका लागि १४ वाणिज्य बैंकको ब्याजदर स्थिर, छ ओटाले घटाए
Latest NewsJust now

मंसिरका लागि १४ वाणिज्य बैंकको ब्याजदर स्थिर, छ ओटाले घटाए

१४ ओटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। ...

हाम्राकुरा
बझाङमा भीरबाट खस्यो अटो, तीन जनाको मृत्यु
Latest NewsJust now

बझाङमा भीरबाट खस्यो अटो, तीन जनाको मृत्यु

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना सम्पर्कविहीन भएका छन्।  सोमबार बुंगल नगरपालिका-१० टुमेडा गाउँबाट बुंगल-११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु. प. प्र. ०१००१ ह ७९९८ नम्बरको अटो दुर्घटना भएको हो। ब्रेक फेल भएर सडकबाट करिब नौ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नि... ...

नेपालखबर
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

प्राग।सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन्। प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन्। सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको पूर्व सन्ध्यामा लेटना पार्कमा आयोजित प्रदर्शनमा सहभागीहरूले योजना फिर्ता लिन माग गरे। आयोजक मिकुलास मिनारले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play