काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्रतिकूल मौसम र बाढीपहिरोको चुनौतीका बाबजुद आफ्नो वित्तीय अवस्था सुधारको लय समातेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा १४.१६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ७९ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आवको सोही अवधिमा नोक्सानीलाई १ करोड ५३ लाख ९९ हजार रुपैयाँमा झार्न सफल भएको हो । समूहगततर्फ भने कम्पनी १ करोड ९६ लाख ९६ हजार रुपैयाँ नोक्सानीमा रहेको विवरणमा उल्लेख छ । गत भदौ महिनामा भएको भारी वर्षा र त्रिशूली नदीमा आएको बाढीका कारण राजमार्ग तथा पर्यटकीय आवागमनमा प्रतिकूल असर परे पनि कम्पनीको मुख्य व्यावसायिक आम्दानी भने बढेको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले केबलकार सञ्चालनबाट १ करोड ३० लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको १ करोड २८ लाख २७ हजार रुपैयाँको तुलनामा १.६० प्रतिशतले बढी हो । यसका साथै कम्पनीले अन्य स्रोतबाट ४२ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । आम्दानीमा भएको वृद्धिसँगै कम्पनीले प्रशासनिक तथा वित्तीय खर्चमा गरेको मितव्ययिताले पनि नोक्सानी कम गर्न मद्दत पु¥याएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ९६ लाख ४७ हजार रुपैयाँ रहेको प्रशासनिक खर्चलाई कम्पनीले उल्लेख्य रूपमा कटौती गर्दै २२ लाख ६१ हजार रुपैयाँमा सीमित गरेको छ । त्यस्तै, अघिल्लो वर्ष १ करोड २ लाख ३८ हजार रुपैयाँ रहेको ऋणको ब्याजबापतको वित्तीय खर्च पनि घटेर ८७ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन खर्च ५९ लाख ९१ हजार, कर्मचारी खर्च ५४ लाख ८४ हजार र ह्रासकट्टी ९६ लाख ९७ हजार रुपैयाँ रहेको छ। वित्तीय विवरणअनुसार २ अर्ब ८२ घाटा घटाउँदै बन्दीपुर केबलकार, ‘लेमन ट्री’ होटल सञ्चालनसँगै वित्तीय सुधारको अपेक्षाकाठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्रतिकूल मौसम र बाढीपहिरोको चुनौतीका बाबजुद आफ्नो वित्तीय अवस्था सुधारको लय समातेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा १४.१६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ७९ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आवको सोही अवधिमा नोक्सानीलाई १ करोड ५३ लाख ९९ हजार रुपैयाँमा झार्न सफल भएको हो । समूहगततर्फ भने कम्पनी १ करोड ९६ लाख ९६ हजार रुपैयाँ नोक्सानीमा रहेको विवरणमा उल्लेख छ । गत भदौ महिनामा भएको भारी वर्षा र त्रिशूली नदीमा आएको बाढीका कारण राजमार्ग तथा पर्यटकीय आवागमनमा प्रतिकूल असर परे पनि कम्पनीको मुख्य व्यावसायिक आम्दानी भने बढेको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले केबलकार सञ्चालनबाट १ करोड ३० लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको १ करोड २८ लाख २७ हजार रुपैयाँको तुलनामा १.६० प्रतिशतले बढी हो । यसका साथै कम्पनीले अन्य स्रोतबाट ४२ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । आम्दानीमा भएको वृद्धिसँगै कम्पनीले प्रशासनिक तथा वित्तीय खर्चमा गरेको मितव्ययिताले पनि नोक्सानी कम गर्न मद्दत पुर्याएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ९६ लाख ४७ हजार रुपैयाँ रहेको प्रशासनिक खर्चलाई कम्पनीले उल्लेख्य रूपमा कटौती गर्दै २२ लाख ६१ हजार रुपैयाँमा सीमित गरेको छ । त्यस्तै, अघिल्लो वर्ष १ करोड २ लाख ३८ हजार रुपैयाँ रहेको ऋणको ब्याजबापतको वित्तीय खर्च पनि घटेर ८७ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन खर्च ५९ लाख ९१ हजार, कर्मचारी खर्च ५४ लाख ८४ हजार र ह्रासकट्टी ९६ लाख ९७ हजार रुपैयाँ रहेको छ। वित्तीय विवरणअनुसार २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष २५ करोड ७६ लाख रुपैयाँ ऋणात्मक छ भने दीर्घकालीन कर्जा १ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । कम्पनी नोक्सानीमा रहेका कारण वार्षिक प्रतिसेयर आम्दानी (इपिएस) ५४ पैसा ऋणात्मक रहे पनि प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ९० पैसा कायम छ । यस्तै, समीक्षा अवधिमा दोस्रो बजारमा कम्पनीको सेयर मूल्य अधिकतम ७६३ रुपैयाँ र न्यूनतम ५५१ रुपैयाँ ८० पैसामा कारोबार भई अन्तिम मूल्य ५७२ रुपैयाँ कायम भएको छ । कम्पनीको आगामी व्यावसायिक यात्रामा सबैभन्दा उत्साहजनक पक्ष यसको मुख्य परियोजनाको रूपमा रहेको ‘लेमन ट्री’ ब्रान्डअन्तर्गतको होटल हो । बन्दीपुरको माथिल्लो स्टेसनमा निर्माणाधीन उक्त होटल सञ्चालनको अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ‘सफ्ट लन्च’ गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । हालसम्मको वित्तीय विवरणमा होटलको आम्दानी समावेश नभएको र होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि कम्पनीको मुख्य आयस्रोत नै होटल व्यवसाय बन्ने प्रक्षेपण गरिएको छ । बन्दीपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दो क्रममा रहेकाले होटल सञ्चालनसँगै आगामी त्रैमासदेखि कम्पनीको नाफा र समग्र वित्तीय सूचकमा उल्लेखनीय सुधार आउने विश्वास कम्पनीले लिएको छ । करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष २५ करोड ७६ लाख रुपैयाँ ऋणात्मक छ भने दीर्घकालीन कर्जा १ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । कम्पनी नोक्सानीमा रहेका कारण वार्षिक प्रतिसेयर आम्दानी (इपिएस) ५४ पैसा ऋणात्मक रहे पनि प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ९० पैसा कायम छ । यस्तै, समीक्षा अवधिमा दोस्रो बजारमा कम्पनीको सेयर मूल्य अधिकतम ७६३ रुपैयाँ र न्यूनतम ५५१ रुपैयाँ ८० पैसामा कारोबार भई अन्तिम मूल्य ५७२ रुपैयाँ कायम भएको छ । कम्पनीको आगामी व्यावसायिक यात्रामा सबैभन्दा उत्साहजनक पक्ष यसको मुख्य परियोजनाको रूपमा रहेको ‘लेमन ट्री’ ब्रान्डअन्तर्गतको होटल हो । बन्दीपुरको माथिल्लो स्टेसनमा निर्माणाधीन उक्त होटल सञ्चालनको अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ‘सफ्ट लन्च’ गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । हालसम्मको वित्तीय विवरणमा होटलको आम्दानी समावेश नभएको र होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि कम्पनीको मुख्य आयस्रोत नै होटल व्यवसाय बन्ने प्रक्षेपण गरिएको छ । बन्दीपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दो क्रममा रहेकाले होटल सञ्चालनसँगै आगामी त्रैमासदेखि कम्पनीको नाफा र समग्र वित्तीय सूचकमा उल्लेखनीय सुधार आउने विश्वास कम्पनीले लिएको छ ।
घाटा घटाउँदै बन्दीपुर केबलकार,होटल सञ्चालनसँगै वित्तीय सुधारको अपेक्षा

Read Complete Original Article
Published originally on टक्सार





.jpeg)
