Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Photo / Coverage: नेपालन्युज

प्राग।सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन्। प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन्। सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको पूर्व सन्ध्यामा लेटना पार्कमा आयोजित प्रदर्शनमा सहभागीहरूले योजना फिर्ता लिन माग गरे। आयोजक मिकुलास मिनारले यसलाई आन्दोलनको सुरुआत मात्र भएको बताए। सरकारले नागरिक तथा व्यवसायबाट उठाइँदै आएको नियमित शुल्कको सट्टा सार्वजनिक सञ्चारमाध्यमलाई राज्यको बजेटबाट रकम दिने प्रस्ताव गरेको छ। तर, यसबाट उनीहरूको बजेट करिब १५ प्रतिशत घट्ने र कर्मचारी कटौती तथा कार्यक्रम बन्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। आलोचकहरूले यसले सरकारको सञ्चारमाध्यममाथिको नियन्त्रण बढाउने बताएका छन्। विधेयक संसदबाट अघि बढाउने क्रममा विपक्षीको बोल्ने समय सीमित गरी बिहान ४ः३६ बजे मतदान गराइएको घटनाले पनि विरोध चर्काएको छ। सार्वजनिक सञ्चारमाध्यमका कर्मचारीले हडताल गर्नुका साथै श्रमिक संगठन, विश्वविद्यालय, विद्यार्थी, कलाकार र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम संस्थाले आन्दोलनलाई समर्थन गरेका छन्। युरोपेली संसदमा समेत यस विषयमा छलफल भएको थियो। प्रधानमन्त्री बाबिसले भने योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गर्दै त्यसलाई अघि बढाउने बताएका छन्। प्रदर्शनकारीले सरकारको रक्षा नीतिको पनि विरोध गर्दै रुस समर्थक दलका नेता तथा सभामुख टोमियो ओकामुरा र रक्षामन्त्री जारोमिर जुनाको राजीनामा माग गरेका छन्। आयोजक मिनारले रुस समर्थक दलका कारण देशको रक्षा क्षमता कमजोर हुन सक्ने चिन्ता व्यक्त गरे। –रासस/ एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डुबान र पटान सहने बेसार खेतीमा कुतियाकवरका कृषक
Latest NewsJust now

डुबान र पटान सहने बेसार खेतीमा कुतियाकवरका कृषक

महाकाली र जोगबुडा नदीबाट बाढीको मार खेपिरहेका कुतियाकवरका किसान धान र गहुँ नफल्ने जमिनमा बेसार उत्पादन गर्न थाले पनि बजार तथा ढुवानीको समस्याले चिन्तित छन्। ...

कान्तिपुर
दैलेख पेट्रोलियम परियोजना : पहिलो चरण पूरा, ‘वेल टेस्टिङ’ र दोस्रो चरणको सम्झौतामा ढिलाइ
Latest NewsJust now

दैलेख पेट्रोलियम परियोजना : पहिलो चरण पूरा, ‘वेल टेस्टिङ’ र दोस्रो चरणको सम्झौतामा ढिलाइ

काठमाडौँ । नेपालको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावित भण्डारका रूपमा हेरिएको दैलेखको पेट्रोलियम अन्वेषण परियोजना पहिलो चरणको काम सम्पन्न गरी व्यावसायिक उत्खननको प्रतीक्षामा छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा... ...

रातोपाटी
पोखराको कीर्तिमानी जित, लुम्बिनी र सुदूरपश्चिमबिच के होला ? (भिडियो)
Latest NewsJust now

पोखराको कीर्तिमानी जित, लुम्बिनी र सुदूरपश्चिमबिच के होला ? (भिडियो)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको लिग चरण आइतबार सकिएको छ । अन्तिम दिनका दुई खेलसँगै प्लेअफको समीकरण पनि पूरा भएको छ । पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजलाई... ...

रातोपाटी
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्रा सुरु
Latest NewsJust now

रास्वपा सांसद डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्रा सुरु

विजयकुमार साहढल्केबर, कात्तिक ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सोमबार जनकपुरबाट मेची–महाकाली पदयात्रा सुरु गर्नुभएको छ । जनताका समस्या,... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play