काठमाडौं । नेपालीले चुइङ्गम चपाएर मासिक करोडौं रुपैयाँ सकाएका छन् । भन्सार विभागद्वारा सार्वजनिक तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को कार्तिक सम्ममा नेपालमा विदेशमा विभिन्न मूलुकबाट १३ करोड ४ लाख ७१ हजार रुपैयाँ बराबरको चुइङ्गम आयात भएको छ । कुन देशबाट कति आयात भयो ? नेपालमा चार महिनाकाे अवधिमा विश्वका १० देशबाट चुइङ्गम आयात भएको छ । अस्ट्रेलिया, बंगलादेश, चीन, हङकङ, भारत, इजरायल, फिलिपिन्स, ताइवान (चीनको प्रान्त), संयुक्त राज्य अमेरिका र भियतनामबाट गरी कुल २ लाख ३३ हजार ९३८ किलो चुइङ्गम आयात भएको छ । भारतबाट मात्रै ८ करोड ७३ लाख ४७ हजार रुपैयाँ बराबरको १ लाख ९४ हजार ६१५ किलो चुइङ्गम आयात भएको छ । यो कुल आयातको ठूलो हिस्सा हो । दोस्रो स्थानमा ताइवान रहेको छ । त्यहाँबाट १ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको १५ हजार ४९८ किलो चुइङ्गम आयात भएको छ । त्यस्तै, चीनबाट ५३ लाख ८८ हजार रुपैयाँ बराबरको ८ हजार ४७ किलो र फिलिपिन्सबाट १ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको ७ हजार २२४ किलो चुइङ्गम भित्रिएको छ । बंगलादेशबाट १८ लाख ६७ हजार रुपैयाँ बराबरको ६ हजार ५४० किलो तथा अमेरिकाबाट ४२ लाख ३२ हजार रुपैयाँ बराबरको १ हजार २४६ किलो चुइङ्गम आयात भएको विभागको तथ्यांक छ । यसैगरी भियतनामबाट १३ लाख ८८ हजार रुपैयाँ बराबरको ७६३ किलो चुइङ्गम आएको छ । अस्ट्रेलियाबाट ३ किलो तथा इजरायल र हङकङबाट एक–एक किलो आयात भएको छ ।
नेपालीले चार महिनामा पड्काए १३ करोडको चुइङ्गम, कुन देशबाट कति आयात भयो ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






