काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध टस हारेको छ। टस जितेर पाकिस्तान ‘ए’ ले पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ। प्रतियोगिताको समूह चरणमा हालसम्म दुई खेल खेलेको पाकिस्तान ‘ए’ अपराजित रहँदै ४ अंक र १.०९० नेट रनरेटसहित अंकतालिकाको शीर्ष स्थानमा छ। यता नेपालले भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोर्दै २ अंक जोडेको छ। नेट रनरेट -२.४६१ रहेको नेपाल हाल समूहको तेस्रो स्थानमा छ र पाकिस्तान ‘ए’ विरुद्धको खेल अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको छ।
नेपालविरुद्ध पाकिस्तानले जित्यो टस

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






