Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

नेपालले इस्टोनियाको डिजिटल शासन प्रणालीबाट सिक्ने, सहकार्य विस्तारबारे छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालले इस्टोनियाको डिजिटल शासन प्रणालीबाट सिक्ने, सहकार्य विस्तारबारे छलफल
Photo / Coverage: पर्दाफास

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियु) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा कतारको दोहामा भएको भेटवार्तामा दुवै मन्त्रीबीच डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रुपान्तरण, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको हो । भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए । सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी तथा नागरिककेन्द्रित बनाउन इस्टोनियाले विकास गरेको प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो । डिजिटल शासन प्रणालीको सफल अभ्यास गर्ने अग्रणी मुलुकमध्ये इस्टोनियाले डिजिटल पहिचान, सुरक्षित तथ्याङ्क आदानप्रदान, विद्युतीय हस्ताक्षर तथा अनलाइन सार्वजनिक सेवा प्रणाली विकास गरेको छ । सरकारी कामकाजलाई कागजरहित बनाउँदै नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने इस्टोनियाको अनुभवबाट नेपालले लाभ लिन सक्ने सञ्चारमन्त्री डा. तिमिल्सिनाले उल्लेख गरे । उनले नेपाल र इस्टोनियाबीच डिजिटल सार्वजनिक पूर्वाधार, सरकारी सेवा प्रणालीको अन्तरआबद्धता, डिजिटल पहिचान, साइबर सुरक्षा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए । इस्टोनियाको प्राविधिक ज्ञान, अनुभव र सफल अभ्यासको आदानप्रदानबाट नेपालको सार्वजनिक सेवा प्रवाहलाई थप डिजिटल, एकीकृत तथा नागरिकमैत्री बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल प्रविधिको तीव्र विकाससँगै विश्वमा डिजिटल विभाजनको चुनौती थप जटिल बन्दै गएको विषय उठाए । परम्परागत रूपमा डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, उन्नत डिजिटल पूर्वाधार तथा नयाँ प्रविधिको पहुँच र प्रयोग गर्ने क्षमताका आधारमा समेत देशहरूबीच नयाँ प्रकारको डिजिटल असमानता सिर्जना हुन सक्ने उनले बताए । विकसित मुलुकहरूले डिजिटल प्रविधिमा हासिल गरेको ज्ञान, अनुभव तथा स्रोतबाट विकासोन्मुख र अल्पविकसित मुलुकहरूले पनि लाभ लिन सक्नुपर्नेमा जोड दिँदै उनले इस्टोनियाजस्ता डिजिटल क्षेत्रमा अग्रणी मुलुकहरूले अन्तर्राष्ट्रिय दूरसञ्चार संघमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्न अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । प्रविधिको विकासबाट सिर्जना हुने अवसर विश्वका सबै देश र नागरिकले समान रूपमा उपयोग गर्न पाउने वातावरण निर्माण गर्नु अन्तर्राष्ट्रिय सहकार्यको साझा दायित्व भएको सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए । सो अवसरमा इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा पारस्परिक सहकार्य र साझेदारी अघि बढाउन प्रतिबद्धता व्यक्त गरे । इस्टोनियाले डिजिटल शासन प्रणाली विकासका क्रममा हासिल गरेको अनुभव र ज्ञान नेपालसँग आदानप्रदान गर्न सकिने उल्लेख गर्दै उनले दुवै देशबीच आपसी हितका क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना रहेको बताए । नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य विस्तार हुन सके सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि, सरकारी प्रक्रियामा पारदर्शिता, प्रशासनिक लागत तथा समयको बचत र नागरिकको सेवामा पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्वलाई लक्षित गर्दै धनुषामा सुरक्षा कडा, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने
OthersJust now

छठ पर्वलाई लक्षित गर्दै धनुषामा सुरक्षा कडा, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने

दीपावली तथा तिहार पर्व सकिएसँगै मिथिलाञ्चलसहित देशभर छठ पर्वको तयारी तीव्र पारिएको छ । छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ । बिहीबार जनकपुरधाममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले छठ पर्वका अवसरमा नदी, पोखरी तथा घाटहरूमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन ...

पर्दाफास
भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो
OthersJust now

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव मृत भेटिएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।… ...

अनलाइन खबर
छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा
OthersJust now

छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताएका छन् । छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवर्द्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने उनले बताए । उनका अनुसार छठ पर्वको पहिलो सन्देश पर्यावरण संरक्षण हो । पर्वका क्रममा पोखरी, जलाशय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play