Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

‘नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय दलहरूले आम नागरिकको इच्छाविपरित विदेशी शक्तिको हस्तक्षेप र दबाबमा गरे’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय दलहरूले आम नागरिकको इच्छाविपरित विदेशी शक्तिको हस्तक्षेप र दबाबमा गरे’
Photo / Coverage: टक्सार

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय राजनीतिक दलहरूले आम नागरिकको इच्छाविपरित विदेशी शक्तिहरुको हस्तक्षेप र दबाबमा गरेको आरोप लगाएका छन्। आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले दलहरूले धर्मलाई राजनीतिसँग जोडेर आफ्नो राजनीतिक रोटी सेक्ने काम गरेको आरोप पनि लगाए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नु राजनीति नभएको जिकिर समेत गरे । अध्यक्ष लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने राप्रपाको मागलाई राजनीति भन्न नमिल्ने जिकिर गर्दै कसैले यसलाई राजनीतिक विषय मान्छ भने सनातन धर्मावलम्बीहरू राजनीतिमा आउन आह्वान समेत गरे । उनले हिन्दु धर्म नरहे नेपालको स्वाभिमान र अस्तित्व नै संकटमा पर्ने तथा देश नै नरहने अवस्था आउनसक्ने भन्दै यसतर्फ सबैले सोच्न आवश्यक रहेको समेत बताए। उनले भने, “हिन्दु धर्ममाथि हस्तक्षेप कसको कारणले भयो ? धर्म र पार्टीगत राजनीतिलाई दोहोर्याउने काम कसले गर्यो ? राजनीतिक दलहरुले दुई जना पनि सुन्न नसकेको धर्म निरपेक्षताको कुरा गरे । निरपेक्ष र सापेक्ष त हामीले पढेका थियौँ । तर धर्म निरपेक्ष भनेको हाम्रो समाजले अपवादको रुपमा बाहेक सुन्न पाएको थिएन । रातारात देश हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र भयो । यसरी हिन्दु राष्ट्रमाथि कसले हस्तक्षेप गरे ? हिन्दु धर्मलाई राजनीतिसँग कसले लाद्यो त ? दलहरुले लादे । त्यसकारणले हामीले नेपाल धर्म निरपेक्ष नभई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्नु राजनीति होइन । यदि यसलाई कसैले राजनीति मान्छ भने त्योलाई स्वीकारेर यो सनातन समाजले एकचोटीमा राजनीतिमा आउनुपर्यो । दलहरुले त विदेशीको हस्तक्षेप, चाहाना र दबाबमा वा आफ्नो राजनीतिको रोटी सेक्न नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनायो होला ।” उनले नेपालको विविध संस्कृति र परम्परालाई सनातन हिन्दु धर्मले मात्र एकाकार र सहिष्णुताको मार्गमा डो¥याउने तर्क समेत गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२५० करोड भारु खर्चेर ‘रेनोभेट’ गरेको दिल्लीको ताज महल : जहाँ बस्दै छन् प्रधानमन्त्री शाह
Latest NewsJust now

२५० करोड भारु खर्चेर ‘रेनोभेट’ गरेको दिल्लीको ताज महल : जहाँ बस्दै छन् प्रधानमन्त्री शाह

भारतको २ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई राखिएको प्रसिद्ध होटल ताज महल विश्वकै चर्चित व्यावसायिक घराना टाटा समूहको हो। टाटा समूहको स्वामित्वमा रहेको इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले ३ वर्ष अगाडि करिब २५० करोड भारतीय रुपैयाँ खर्चेर होटलको पुनर्निर्माण गरेको थियो। ताज मानसिंहका नामले समेत परिचित यो होटल दिल्लीको विलासी आतिथ्य क्षेत्र... ...

नेपालखबर
नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनसँग भेटघाट सुरु
Latest NewsJust now

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनसँग भेटघाट सुरु

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहसँग नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय नेताहरूबिच भेटघाट सुरु भएको हो । नयाँदिल्लीस्थित होटल ताजमहलमा... ...

रातोपाटी
कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखको क्षति
Latest NewsJust now

कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखको क्षति

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पास्थित सिरक–डसना उद्योगमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ। आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसना जलेर क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए। उनका अनुसार ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement